काठमाडौँ । नेपाली रेमिटेन्स सेवाको प्रमुख ब्रान्डका रूपमा स्थापित आइएमई लिमिटेड ले आफ्नो २६औँ वार्षिकोत्सव काठमाडौँमा विभिन्न कार्यक्रमसहित सम्पन्न गरेको छ।
वार्षिकोत्सव समारोहमा कम्पनीका संस्थापक तथा अध्यक्ष हेम राज ढकाल ले वित्तीय समावेशिता र आर्थिक रूपान्तरणलाई केन्द्रमा राख्दै डिजिटल इनोभेसनमार्फत अझ सुरक्षित, छिटो र एकीकृत वित्तीय सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले वैदेशिक रोजगारीको अनुभवबाट सुरु भएको सानो परिकल्पना आज रेमिटेन्स मात्र नभई सम्पूर्ण वित्तीय तथा डिजिटल भुक्तानी प्रणालीको महत्वपूर्ण हिस्सा बन्न सफल भएको उल्लेख गर्नुभयो। साथै, आइएमईले दुर्गमदेखि सहरी क्षेत्रसम्म वित्तीय पहुँच विस्तार गर्दै सामाजिक–आर्थिक रूपान्तरणमा योगदान पुर्याइरहेको बताउनुभयो।
त्यस्तै, संस्थापक तथा समूह अध्यक्ष चन्द्रप्रसाद ढकाल ले “रेमिट भनेकै आइएमई” र “आइएमई भनेकै रेमिट” भन्ने पहिचान स्थापित हुनु कम्पनीका लागि गर्वको विषय भएको बताउनुभयो। उहाँले रेमिटेन्सलाई औपचारिक प्रणालीमार्फत भित्र्याउँदै विदेशी मुद्रा सञ्चिति मजबुत बनाउन र प्राप्त विप्रेषणलाई उत्पादनशील क्षेत्रमा उपयोग गर्न सरकारसँग सहकार्य जारी रहने प्रतिबद्धता जनाउनुभयो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेल ले सहकार्य, प्राविधिक उत्कृष्टता र व्यावसायिक मूल्य–मान्यताका आधारमा सेवा विस्तार भइरहेको जानकारी दिनुभयो। उहाँले प्रविधिको विकाससँगै दैनिक जीवनसँग जोडिने विविध वित्तीय सेवामा कम्पनी अझ केन्द्रित हुने बताउनुभयो।
कार्यक्रममा कम्पनीको नयाँ लोगो सार्वजनिक गरिएको छ, जसले आइएमईका विस्तारित वित्तीय सेवाहरूलाई प्रतिनिधित्व गर्ने बताइएको छ।
त्यसैगरी, वार्षिकोत्सवका अवसरमा अन्तर–कम्पनी खेलकुद प्रतियोगिता तथा विभिन्न कार्यक्रमका विजेता–उपविजेतालाई सम्मान गरिएको थियो। लामो समयदेखि कम्पनीमा कार्यरत कर्मचारीहरूलाई पनि विशेष सम्मान प्रदान गरिएको थियो।
निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी