काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड्स २०२६ अन्तर्गत “ग्राहक संलग्नता अभिवृद्धि–डिजिटल फर्स्ट बैंकिङ” विधामा मेरिट अवार्ड बाट सम्मानित भएको छ।
विश्वभरका बैंक तथा वित्तीय संस्थाले प्रविधि, नवप्रवर्तन तथा ग्राहक अनुभव सुधारका क्षेत्रमा गरेका उत्कृष्ट अभ्यासहरूको मूल्याङ्कनका आधारमा प्रदान गरिने उक्त अवार्डले सिद्धार्थ बैंकको डिजिटल बैंकिङप्रतिको प्रतिबद्धता, ग्राहककेन्द्रित सेवा तथा उत्कृष्ट सेवा अनुभव प्रदान गर्ने प्रयासलाई अन्तर्राष्ट्रिय मान्यता दिएको बैंकले जनाएको छ।
बैंकले ग्राहकहरूलाई सहज, सुरक्षित र आधुनिक बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न डिजिटल सेवाहरू विस्तार गर्दै आएको छ। मोबाइल बैंकिङ, क्यूआर भुक्तानी, क्यूआर कर्जा, भर्चुअल क्रेडिट कार्ड तथा डिजिटल खाता सञ्चालनजस्ता सेवामार्फत ग्राहकलाई छिटो, सरल र सुविधाजनक बैंकिङ अनुभव प्रदान गरिएको बैंकको दाबी छ।
बैंकका अनुसार उक्त अन्तर्राष्ट्रिय सम्मानले डिजिटल बैंकिङ क्षेत्रमा भइरहेका प्रयासलाई थप ऊर्जा र प्रेरणा प्रदान गरेको छ।
सिद्धार्थ बैंकले आगामी दिनमा पनि आधुनिक प्रविधिको अधिकतम उपयोग गर्दै डिजिटल भुक्तानी प्रणालीको विस्तार, व्यावसायिक साझेदारीको सुदृढीकरण तथा ग्राहक सन्तुष्टि अभिवृद्धिलाई प्राथमिकतामा राखेर अघि बढ्ने जनाएको छ।
बैंकले यस उपलब्धिले ग्राहकप्रतिको आफ्नो प्रतिबद्धता अझ सुदृढ बनाउनुका साथै भविष्यमा थप प्रभावकारी, व्यवस्थित र गुणस्तरीय सेवा प्रवाह गर्न प्रेरणा मिलेको विश्वास व्यक्त गरेको छ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी