नयाँदिल्ली । भारतको उत्तरपूर्वी क्षेत्रमा भारतीय वायु सेनाको एएन–३२ सैन्य परिवहन विमान शनिबार दुर्घटनाग्रस्त भएको छ।
अधिकारीहरूका अनुसार दुई इन्जिनयुक्त टर्बोप्रप विमान आसाम को जोरहाट जिल्ला स्थित भारतीय वायु सेना (आईएएफ) स्टेशनमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो। उक्त विमान कार्गो तथा आपूर्ति सामग्री ढुवानीका लागि प्रयोग हुँदै आएको थियो। दुर्घटनास्थल आसामको राजधानी दिसपुर बाट करिब २९८ किलोमिटर उत्तरपूर्वमा पर्छ।
हालसम्म दुर्घटनामा कुनै मानवीय क्षति वा हताहत भएको विवरण सार्वजनिक भएको छैन।
दुर्घटनापछि भारतीय वायु सेनाका वरिष्ठ अधिकारीहरू उद्धार तथा राहत कार्यमा खटिएका छन्। घटनास्थलमा आगो नियन्त्रण गर्नुका साथै आवश्यक उद्धार कार्य सम्पन्न गरिएको जनाइएको छ।
दुर्घटनाको कारण तत्काल खुल्न नसकेको भारतीय वायु सेनाले जनाएको छ। घटनाबारे विस्तृत छानबिन गर्न औपचारिक अनुसन्धानको आदेश दिइसकिएको बताइएको छ।
विमान दुर्घटनाको कारण र क्षतिको विस्तृत विवरण अनुसन्धानपछि सार्वजनिक गरिने अपेक्षा गरिएको छ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…