मान्छे सागरको थोपो जतिमात्र हो- साहित्यिक विषयका लागि । प्रकृति पूर्ण स्वरूप हो साहित्यको । जहाँ प्रकृतिको सौन्दर्य मान्छेको दैनिक सामान्यदेखि उदण्ड चाहनासम्म पूरा गरेर पनि उस्तै स्वरूप र सौन्दर्यमा मुस्कुराएको हुन्छ त्यो स्थल नै साहित्यको उर्वर भूमि हो । जहाँका जनजीवनले यस अवसरको अपूर्व मिलन सहज प्राप्त गर्दछन् ती स्वतः साहित्यकार हुन् । तिनले कुनै महाभारतका ठेली पल्टाउनु पर्दैन, रामायणका लङ्का खोज्नु पर्दैन । डिभाइन कमेडीको अन्तर रहस्यमा घोत्लिनु पर्दैन । गिताञ्जलीको आकाशमा वायुपङ्खी यानका पँखेटा जोडेर क्षितिजका किनारा नियाल्दै विस्फारित नयन स्पर्शले अविदित घोत्लिनु पर्दैन । उसका सामुका चाक्षुस बिम्बमै समग्र अटाएको हुन्छ । आँखाका नानीमा सौन्दर्य बनी छचल्किन्छन्, औँलाका टुप्पामा कविता रानीको मुस्कान उभिन्छ ।
गल्याङ्ग नगरपालिका प्रज्ञाप्रतिष्ठानका अध्यक्ष चण्डिकाप्रसाद भट्टराई जो कवि पनि हुन् तर लेखनमा अल्छेको कडा आदेशको पालनासिवाय मसँग अर्को विकल्प शून्य भएकाले एक प्रकारको असमञ्जस यात्रा थियो यो मेरो । कारण सिर्जना संसारतिरको प्रशिक्षणप्रति पटक्कै विश्वास गर्दिन म तर नहुनुभन्दा केही हुनुको आभास चाहिँ ठूलो सङ्ख्यामा भएको उपस्थिति र उनीहरूको चासोले स्पष्ट पार्यो ।
विशाल कलाको सौन्दर्य मैले विदेशमा एक झल्को देखेथेँ न्यूजिल्याण्डको विशाल आकाशमा खुत्रुक्क भुइँतिर ओर्लिदै गरेको सूर्य र शीतलताको छहारी बोकेर सपनाको संसार समाल्दै रातमा जूनतारासँगै इच्छित समाजसामु ओर्लन्थ्यो, ओर्लिन्छ जहाँ सोच्नै पर्दैन, सोचाइले मान्छे जन्माउँछ, प्रयास गर्नै पर्दैन, प्रयासले हामीलाई गराउँछ । कविता खोज्नै पर्दैन, कविताले कविलाई खोज्छ अर्थात् हामीलाई खोज्छ ।
एउटा सानो न्यूजिल्याण्ड मैले मभित्रकै आँतमा पाएँ । मेरै चौघेराको एउटा सानो छेउ स्याङ्जामा जहाँ हराउन खोज्दा देखिन्छ र देखिन खोज्दा हराइन्छ पोखराका गुफामा झैँ । प्यारासुट फुकेर हावाको बेग ती झोक्कामा पलकभर अविदित बनेको यात्रु झैँ अनन्तयात्रामा विदित बिर्सेर । स्याङ्जाको गल्याङ्ग जहाँ पहराका पाउमा सिसमहल उभिएका छन् । एक तला उक्लिना साथ मुटुका पोया फुक्छन् र निर्भयका गगनभेदी प्वाँखले मान्छेलाई मनसँगै माथि उडाउँछ ।
गल्याङ्ग प्रज्ञाप्रतिष्ठानका अध्यक्ष चण्डिकाप्रसाद भट्टराई र सचिव मिलन समीरको न्यानो तर अनिवार्य आगमनको बाध्यात्मक आमन्त्रण अस्वीकार पनि असम्भव हुँदोरहेछ– पहिलोपटक ममा यो भ्रमको पर्दा खुल्यो । बेलुकी सात बजे गङ्गबु बसपार्कबाट ढिलै गरी हुइँकिएको बस रातको समय कतिखेर कहाँ गुड्किँदैछ यात्राको बाहिरी मजामै भए पनि रमाउनेलाई त थाहा हुन्न भने ती विचरा आफन्त भेटौँ र पुगौँको सोझmो जीवनचव्रमा सञ्चरित यात्रुका चेहरा आँखा चिम्लाइमै पेटको भोकले जिब्रो चपाउँदै अर्कै दुनियाँको भौतिक तर निद्रामग्न संसारमा मस्त हुनेलाई के थाहा के कुन ठाउँमा कसरी पाङ्ग्रा उफ्रिँदैछन् ?
अग्लो शैलसिरानको बीच भागबाट सुरिलो, लामो, चिल्लो, चिप्लो सर्प कहिले लमतन्न परेर बिस्तारै घस्रिए झैँ कतै दौडिएर गुडुल्की परे झैँ टिनका पाताको घर कुदेको छ सलल्ल । पट्याइ पनि लाग्छ लामो समय एकै ठाउँ फोममाथिको आरामदायी बसाइ नै किन नहोस् । पिस्पट्ट आँखाका ढकनी खुला भएर पनि नानी रमाउन नपाएपछिको समय भौतिक सतहमा अझ निःरस हुँदोरहेछ, रोमाञ्चरहित, आकर्षणरहित, आश्चर्यरहित । भित्र बत्तीको प्रकाश निभेको बेला स्थलगत उभिएका खम्बामा लागेका डल्ला आँखाले पनि सङ्केत गर्दारहेछन् । मलाई त यस बेला भित्री भान, अनुमान वा कल्पना विश्वासमा बदलियो-चेतनाको बत्ती नसल्केपछि, नबलेपछि भौतिक उज्यालोको प्रकाश नै सर्वस्व हुँदोरहेछ । यसैले त मलाई लाग्छ पढालेखा गतिहीन अस्पष्ट भेडाहरूका भिडमा विवेक एक्लो हुँदोरहेछ ।
निस्पट्ट अँध्यारोमा तल जोर डाँडाको साँघुरो चेप आफैँले मार्ग प्रशस्त गर्दै कतै नागबेली त कतै सिधा छल्का छल्काएर एकतमास एक्लो बगिरहेको आँधीखोलो जसले निर्जन पहाडका भिराला पाखा सिञ्चेर उर्वर बनाएको छ एक असल समाज सेवकले झैँ । हरियाली छाएको छ एक एक शिल्प शीलमालीले झैँ । कुलामा आफूलाई उभ्याएर कतै, आफैँ ह्वात्त उम्लिएर कतै ऊ सर्वजीवनको सञ्जीवनी पनि बनेको छ घाटको अनुभवी वैद्य झैँ । कतै रिसाहाको घुम्टो घप्लक्ब्क ओढेर जीवनसँग बिदाइका हात हल्लाउन उत्सुकहरूका लागि पनि चिरकालपर्यन्तको आश्रयस्थल बन्नपुगेको छ कठोर यमराज जस्तै । सृष्टिको समद्रष्टा आँधीखोलासँग न कोही जन्मजात आफन्त छ न कोही कृत्रिम नाताकुटुम्बको सुदूर सङ्केतसम्म देख्न सकिन्छ ।
वालिङ्लाई छातीमा उचालेर पुतलीबजारका आँखामा आँखा मिलाउँदै र पाखामा पाखा मिलाउँदै मेरा हातहरू स्वास्नीको शरीर स्पर्शभन्दा निकै टाढा प्रकृतिको अन्तर गहिराइ छाम्ने प्रयत्नमा औँलासँग औँला नचाएर कुखुरी काँको प्रतीक्षामा वा टिक्टिक घडी सुइरोको छमा उमङ्ग उचाल्छ । मात्र ठाउँ चिनौँको अभिलाषा पनि त विदितबाट अलि परको अविदित जहाँ सांसारिक झोरझञ्झा रहन्नन् । तृष्णाका तार जम्मै टुटेका हुन्छन् । प्रलोभनमयी लिप्साका पोया मुखभित्र चेपिन्छन् । अहङ्कारका आँखा पहाडका खोँचमा निदाउँछन् । दम्भको दिगो दाग छुट्छ । यति नै त हो मान्छे हुनुको ‘म’ ।
यस अवसरको लामो कसरत कर, बल एवं छलसमेतले मिलाउने चाँजो स्याङ्जाका वालिङ् निवासी कवि, अनेकौँ विधालगायत प्रविधाका अभियन्ता मित्र मिलन समीरको थियो । लग्भग एक दशक अघिदेखि उनले मलाई यस खोरमा हाल्ने प्रयास गरेका थिए । म उनको यस आमन्त्रणलाई आफ्नै तरिकाले इन्कार्दै दुत्कार्दै विनाइर्ष्या पछारेर आफूलाई विजयी अहंमा उचाल्न सफल भएको गौरव सँगालिरहेको थिएँ । उनलाई यस पटक पनि ‘प्रशिक्षकको नायक भूमिका’ भन्नासाथ मैले अनेकौँ सफल र विश्वस्त प्रशिक्षकको नाम प्रस्तुत गरेँ । आनाकानीमै उनले एउटै प्रश्नको कडा तीर तेर्स्याए मतिर । त्यो प्रश्न सुन्दा जति हल्का लाग्दोरहेछ उत्तर दिनुपर्दा असम्भव पहाडको उकालो ।
स्याङ्जा सुदूर पाल्पा सीमाको निकट् गल्याङ्ग बजारस्थित हाम्रो होटलमा यात्रा अडियो । यसका सञ्चालक पाण्डे दम्पती होटलका नाममा व्यापार नभएर विवेक ओछ्याउँदा रहेछन् । सम्पत्ति सङ्कलनको भकारी नभरेर विचार विनिमयको महले चुठ्दा रहेछन् । राजनीतिक मान्छे अझ पदीय दायित्वमै अद्यावधि रहेकाले पनि यस गुणको गरिमा फैलिएको हुनसक्छ, जन्मजात संस्कारको उपज पनि यो हुनसक्छ ।
उनको अर्थात मित्र मिलनको एउटै सवाल निरन्तर आइरह्यो- ‘गद्य/पद्य कविता अनि सबै प्रविधासमेतको अचूक एउटै स्तम्भ बनेर कार्यक्रमस्थलमा उभिने दाजु ! तँबाहेक अर्को नाम मलाई दे त ? भन्नासाथ म निरुत्तर भएँ । फेरि उनले भने- ‘मैले प्रज्ञाप्रतिष्ठानका अध्यक्ष चण्डिकाप्रसाद भट्टराईलाई भनिसकेँ, फोन आउँछ, नाइँनास्ती नगर है दाजु ! मा मेरो बोली बन्द भयो, हुनु पनि पर्थ्यो मानवीय विवेकशील जीवनशैलीका सामु । नभन्दै गल्याङ्ग नगरपालिका प्रज्ञाप्रतिष्ठानका अध्यक्ष चण्डिकाप्रसाद भट्टराई जो कवि पनि हुन् तर लेखनमा अल्छेको कडा आदेशको पालनासिवाय मसँग अर्को विकल्प शून्य भएकाले एक प्रकारको असमञ्जस यात्रा थियो यो मेरो । कारण सिर्जना संसारतिरको प्रशिक्षणप्रति पटक्कै विश्वास गर्दिन म तर नहुनुभन्दा केही हुनुको आभास चाहिँ ठूलो सङ्ख्यामा भएको उपस्थिति र उनीहरूको चासोले स्पष्ट पार्यो ।
अर्का अपरिचित मित्र ध्रुवप्रसाद पङ्गेनीको फोन के कसो र कसरी गरौँको अर्थमा आयो । जङ्घारमा पसेपछि निस्किने उपाय त्यसैभित्र प्राप्त हुन्छ, आरामले बस्नोस्, त्यही आएपछि सबै सरसल्लाह गरौँलामा उत्तर सकिएका थिए । मैले यसप्रति चासोभाव नराखे पनि, यस प्रक्रियाको नै विरोध गरे पनि अनभिज्ञ थिइन र छैन नै । वर्षौंको घोटाइले पाकेका केशहरू घण्टीको घाँटीमा गह्रुङ्गा भएर झुण्डिएका घण्ट हुन सक्दैनन् । परेका बेला परेका ठाउँमा निर्विवाद ढङ्गले सटिक शिक्षणको संयोगमात्र नभएर संस्कार नै भइसकेको छ जीवनशैलीमै ।
स्याङ्जा सुदूर पाल्पा सीमाको निकट् गल्याङ्ग बजारस्थित हाम्रो होटलमा यात्रा अडियो । यसका सञ्चालक पाण्डे दम्पती होटलका नाममा व्यापार नभएर विवेक ओछ्याउँदा रहेछन् । सम्पत्ति सङ्कलनको भकारी नभरेर विचार विनिमयको महले चुठ्दा रहेछन् । राजनीतिक मान्छे अझ पदीय दायित्वमै अद्यावधि रहेकाले पनि यस गुणको गरिमा फैलिएको हुन सक्छ, जन्मजात संस्कारको उपज पनि यो हुनसक्छ ।
जीवनमा मैले आफैँले राखेका अडानमा दुई ठाउँ पराजित हुनपुगेको छु म । पहिलो जन्मस्थलको सीमा नाँघेर बाहिर ननिस्किने अठोट हो मेरो । यसमा छोरी कलापीले मलाई पराजित हुन विवश बनाई । दोस्रो प्रशिक्षणमा पाइला नराख्ने आन्तरिक अठोट हो मेरो । यसमा ढिलै गरी भए पनि मलाई पराजित गराएर आफू अघोषित विजयको पताका फहराउने मित्रका रूपमा देखा परे मित्र मिलन समीर ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…