काठमाडाैं । परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने औपचारिक भ्रमणका लागि आज मित्रराष्ट्र चीन प्रस्थान गर्नु हुने भएको छ । उहाँ चिनियाँ विदेशमन्त्री वाङ यी को मैत्रीपूर्ण निमन्त्रणामा बेइजिङतर्फ प्रस्थान गर्नु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार भ्रमणका क्रममा सम्माननीय मन्त्री खनाल र चिनियाँ समकक्षी वाङ यी बीच नेपाल–चीन द्विपक्षीय सम्बन्धलाई थप सुदृढ, सन्तुलित र परिणाममुखी बनाउने विषयमा विस्तृत छलफल हुने कार्यक्रम रहेको छ । सो वार्तामा आपसी हितका विविध क्षेत्रहरूमा सहकार्य विस्तार, विकास साझेदारीलाई प्रभावकारी बनाउने तथा समसामयिक क्षेत्रीय विषयहरूमा समेत विचार–विमर्श हुने अपेक्षा गरिएको छ ।
भ्रमण अवधिमा सम्माननीय मन्त्री खनालले चीन सरकारका उच्चस्तरीय अधिकारीहरूसँग समेत शिष्टाचार भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । ती भेटवार्तामा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ गर्दै भविष्यका सहकार्यका नयाँ सम्भावनाहरू पहिचान गर्ने विषयमा केन्द्रित हुने बताइएको छ ।
यस भ्रमणलाई नेपाल–चीन सम्बन्धको भविष्य, विशेषगरी बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका परियोजनाहरूको कार्यान्वयन, कनेक्टिभिटी विस्तार, व्यापार घाटा न्यूनीकरण तथा लगानी प्रवर्द्धनका दृष्टिले महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।
त्यसैगरी, सम्माननीय मन्त्री खनालले नेपालमा विदेशी लगानी प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुने इन्भेष्टमेन्ट कन्फरेन्समा समेत सहभागिता जनाउनु हुनेछ । सो अवसरमा उहाँले चिनियाँ व्यवसायी समुदायसँग अन्तरक्रिया गर्दै नेपालमा लगानीका सम्भावना र अवसरबारे प्रस्तुति दिनुहुने कार्यक्रम रहेको छ ।
उहाँ असार ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि सम्माननीय मन्त्री खनालले जेठ २२ देखि २४ गतेसम्म भारतको औपचारिक भ्रमण सम्पन्न गर्नु भएको थियो ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर