काठमाडौं । साहित्यकार तथा कवि तेजप्रकाश श्रेष्ठको नयाँ कविताकृति ‘जाँगरको कल्पवृक्ष’ काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ ।
भुवनहरि सिग्देल, श्रीओम श्रेष्ठ ‘रोदन’ र प्राडा.कपिल लामिछानेलगायतले कृतिको लोकार्पण गर्नुभएको थियो । कार्यक्रममा वक्ताहरूले ८१ वर्षको उमेरमा पनि श्रेष्ठको निरन्तर लेखन सक्रियता प्रेरणादायी रहेको बताए ।
कृतिमाथि चर्चा गर्दै प्राडा.लामिछानेले कविताहरूमा कोरोना महामारीका बेला देखिएको त्रास, पीडा र सामाजिक यथार्थका साथै आलोचनात्मक चेतना अभिव्यक्त भएको उल्लेख गरे ।
सुनकोशी वाङ्मय प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा कृतिकार श्रेष्ठसहित विभिन्न साहित्यकारले मन्तव्य व्यक्त गरेका थिए भने कृतिका केही कविता वाचनसमेत गरिएको थियो । कविताकृति प्रतिष्ठानले नै प्रकाशन गरेको हो ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
ठेक्का प्रक्रियामा अनियमितता : प्रतिस्पर्धीलाई
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम