काठमाडौं । शोभा अधिकारीको दोस्रो कृति ‘सफलताका २७ स्वर्णिम सूत्र’ काठमाडौंमा आयोजित एक कार्यक्रमबीच विमोचन गरिएको छ ।
एलपी भानु शर्मालगायतले सार्वजनिक गरेको पुस्तकमा जीवनमा सफलता हासिल गर्न आवश्यक प्रेरणा र सकारात्मक सोचका विषय समेटिएका छन् । कार्यक्रममा लेखक अधिकारीले प्रेरणालाई मानव जीवनको महत्त्वपूर्ण आधार बताउँदै पुस्तकलाई जीवनको औषधिका रूपमा प्रस्तुत गरेको बताउनुभयो ।
कृतिमाथि समीक्षा गर्दै डा.नवराज खतिवडाले पुस्तक प्रेरणादायी रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा एलपी भानु शर्मा, पुष्पराज पौडेल, दयाहाङ राई र शशि थापा पण्डितलगायतले पुस्तकबारे धारणा राख्नुभएको थियो । अधिकारीको यसअघि एक लघुकथासंग्रह प्रकाशित भइसकेको छ । पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि