काठमाडौं । कवि तथा पत्रकार राजेश ढुंगानाको तेस्रो कविताकृति ‘मुटु फलाम भएर’ लोकार्पण गरिएको छ । अग्रज साहित्यिक पत्रकार रोचक घिमिरेले कृति सार्वजनिक गर्दै ढुंगानालाई नेपालको प्रजातान्त्रिक आन्दोलनका प्रखर योद्धा तथा सशक्त सर्जकको रूपमा स्मरण गर्नुभयो । कार्यक्रममा साहित्यकार कृष्ण धरावासीले ढुंगाना निडर, संघर्षशील र लोकतान्त्रिक आन्दोलनप्रति समर्पित व्यक्तित्व भएको बताउनुभयो ।
कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै प्राडा.लक्ष्मणप्रसाद गौतमले कवि ढुंगानाका कवितामा मितव्ययी शब्दमार्फत गहिरो भाव अभिव्यक्त भएको उल्लेख गर्नुभयो । नेपाल स्रष्टा समाजद्वारा आयोजित कार्यक्रममा श्रीओम श्रेष्ठ ‘रोदन’, पवन आलोक, तारा सुवेदी, मधु पाठकलगायत साहित्यकारले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा कृतिका केही कविता पनि वाचन गरिएको थियो ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…