काठमाडौं । राजधानीमा सम्पन्न विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता ‘द मिसेस नेशनल-सिजन-४’ को उपाधि पूजा साहले जित्नुभएको छ । जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित ग्राण्ड फिनालेमा साहले मुख्य उपाधि चुम्नुभएको हो । क्रिजोना मिडिया प्रालिको आयोजनामा सम्पन्न प्रतियोगितामा लक्ष्मी बोहोराले ‘द मिसेस नेशनल प्लेटिना’ तथा अप्सरा सुवेदीले ‘द मिसेस नेशनल क्लासिक’ को उपाधि आफ्नो पोल्टामा पार्नुभयो । यसैगरी जानकी देवी ‘भ्यूअर्स च्वाइस अवार्ड’ र निरु हाङ्सारुम्बा लिम्बु ‘मोष्ट पपुलर अवार्ड’बाट सम्मानित हुनुभयो ।
प्रतियोगितामा विभिन्न विशेष विधाका अवार्डसमेत प्रदान गरिएको थियो । सुष्मा केसी ‘मोष्ट कन्फिडेन्ट’, पवित्रा फुयाँल ‘मोष्ट इन्स्पिरेसनल’, शान्ति शाही ‘मोष्ट करेजियस’ तथा श्रद्धा श्रेष्ठ बोहोरा ‘मोष्ट क्रिएटिभ’ घोषित हुनुभयो । त्यस्तै, किसु सुनारले ‘वेष्ट पर्सनालिटी’, भवानी जिरेलले ‘मोष्ट फ्रेन्ड्ली’ तथा बिना लिम्बुले ‘मोष्ट ट्यालेन्टेड एण्ड वेष्ट वाक’ उपाधि प्राप्त गर्नुभयो ।
अन्य विशेष अवार्डतर्फ नीतु मिश्र ‘मोष्ट इन्करेजिङ’, अप्सरा सुवेदी ‘मोष्ट फोटोजेनिक’, निरु हाङ्सारुम्बा लिम्बु ‘वेष्ट पब्लिक स्पिकर’, जानकी देवी ‘मोष्ट एलिगेन्ट’, पूजा साह ‘मोष्ट डिसिप्लिन्ड’, लक्ष्मी पाख्रिन ‘मोष्ट ग्रेसफुल’ तथा लक्ष्मी बोहोरा ‘वेष्ट फिगर’ अवार्डबाट सम्मानित हुनुभयो ।
प्रतियोगिताको निर्णायक मण्डलमा अभिनेता रवि डंगोल, सामाजिक अभियन्ता तथा सार्वजनिक व्यक्तित्व नानु सिंह र उद्यमी तथा नेपाल एसोसिएसन अफ टुर अपरेटर्सका निर्देशक विश्वेश श्रेष्ठ रहनुभएको थियो ।
आयोजक, कोरियोग्राफर तथा प्रस्तोता लभिन अन्सारीका अनुसार प्रतियोगिताले विवाहित महिलाहरूलाई आफ्नो क्षमता, प्रतिभा र व्यक्तित्व प्रदर्शन गर्ने प्रभावकारी मञ्च प्रदान गर्दै समाजमा थप सक्रिय, आत्मनिर्भर र नेतृत्वदायी भूमिकामा अघि बढ्न प्रेरित गर्ने उद्देश्य राखेको छ ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…