काठमाडाैं । वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गर्नुभएका अमद डियालोले खेलको अन्तिम मिनेटमा निर्णायक गोल गरेपछि आइभोरी कोस्टले फिफा विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ । समूह ‘ई’ अन्तर्गत सम्पन्न खेलमा आइभोरी कोस्टले बलियो टोली इक्वेडरलाई १–० गोलले पराजित गरेको हो ।
लामो समयसम्म दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि खेल गोलरहित बराबरीतर्फ अघि बढिरहेको थियो । तर खेलको ९० औँ मिनेटमा अमद डियालोले उत्कृष्ट अवसरको सदुपयोग गर्दै गोल गर्नुभएपछि आइभोरी कोस्ट जित नजिक पुगेको थियो ।
विश्वकपको इतिहासमा सन् २००६ यता वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेर खेलको अन्तिम समयमा विजयी गोल गर्ने पहिलो खेलाडी बन्ने कीर्तिमानसमेत अमदले बनाउनुभएको छ ।
खेलको अन्तिम क्षणमा इक्वेडरले बराबरी गोलका लागि आक्रामक प्रयास गरेको थियो। तर आइभोरी कोस्टका रक्षकहरूले दबाबलाई सफलतापूर्वक सामना गर्दै बललाई आफ्नो क्षेत्रबाट टाढा पुर्याएका थिए। त्यसलगत्तै रेफ्रीले खेल समाप्तिको सिट्टी बजाउनुभएको थियो ।
यो हारसँगै इक्वेडरको लगातार १९ खेलसम्म कायम रहेको अपराजित यात्रा समाप्त भएको छ । साथै, १२ वर्षपछि विश्वकपमा फर्किएको आइभोरी कोस्टका लागि यो जित विशेष र ऐतिहासिक बनेको छ ।
यस महत्वपूर्ण जितसँगै आइभोरी कोस्टले समूह चरणमा बहुमूल्य तीन अङ्क जोड्दै नकआउट चरण पुग्ने सम्भावनालाई बलियो बनाएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि