काठमाडाैं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को खेलमा स्विडेनले ट्युनिसियामाथि ५–१ को फराकिलो जित निकाल्दै आफ्नो अभियानको सानदार सुरुवात गरेको छ।
मेक्सिकोको मोन्टेरे स्टेडियममा सोमबार बिहान भएको खेलमा स्विडेनका यासिन अयारीले दुई गोल गर्नुभयाे भने अलेज्यान्डर इसाक, भिक्टर ग्योकेरेस र माथिएस स्भानवर्गले एक–एक गोल गर्नुभयाे । ट्युनिसियाका लागि ओमार रेकिकले एक गोल फर्काउनु भएकाे थियाे ।
खेलको सातौँ मिनेटमै यासिन अयारीले गोल गर्दै स्विडेनलाई अग्रता दिलाउनुभएकाे थियाे । ट्युनिसियाका बुबा र मोरक्कन आमाबाट स्विडेनमा जन्मिएका अयारीले गोलपछि कुनै उत्सव भने मनाउनु भएन् ।
३०औँ मिनेटमा अलेज्यान्डर इसाकले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै अग्रता दोब्बर पार्नुभयाे । भिक्टर ग्योकेरेसको पासमा उनले बल एक्लै अगाडि बढाउँदै ट्युनिसियाका डिफेन्डरलाई छक्याएर गोल गर्नुभएकाे थियाे ।
तर ट्युनिसियाले पहिलो हाफको ४३औँ मिनेटमा ओमार रेकिकको हेडर गोलमार्फत खेलमा फर्कने संकेत दिएको थियो । हानीबल मेज्बरीको क्रसमा उनले गोल गर्नुभएकाे थिायाे ।
दोस्रो हाफमा स्विडेन अझ प्रभावशाली देखियो। ५९औँ मिनेटमा भिक्टर ग्योकेरेसले गोल गर्दै अग्रता बढाउनुभयाे। त्यसपछि ८६औँ मिनेटमा माथिएस स्भानवर्गले गोल गर्नुभयाे । सुरुमा अफसाइड देखाइए पनि भिडियो सहायक रेफ्रीको पुनरावलोकनपछि गोललाई मान्यता दिइएको थियो ।
खेलको अन्तिमतर्फ इन्जुरी समयको छैटौँ मिनेटमा यासिन अयारीले व्यक्तिगत दोस्रो गोल गर्दै स्विडेनलाई ५–१ को फराकिलो जित दिलाउनुभयाे ।
यस जितसँगै स्विडेनले समूह ‘एफ’ मा ३ अंक जोडेको छ। समूहको पहिलो खेलमा नेदरल्यान्ड्स र जापानले २–२ को बराबरी खेलेका थिए भने ट्युनिसिया अंकविहीन बनेको छ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि