काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप २०२६ रोमाञ्चक प्रतिस्पर्धासहित जारी रहँदा नेपाली दर्शकहरूले अब खेलहरू मोबाइल तथा टेलिभिजन दुवै माध्यमबाट सहज रूपमा प्रत्यक्ष हेर्न सक्ने भएका छन् । डिशहोमले आफ्ना ग्राहकका लागि डिजिटल तथा टेलिभिजन दुवै प्लेटफर्ममार्फत विश्वकपका सम्पूर्ण खेलहरू हेर्ने सुविधा उपलब्ध गराएको हो ।
डिशहोमले आफ्नो डिजिटल स्ट्रिमिङ सेवा ‘डिगो एप’ तथा डीटीएच र आईपी टिभी सेवामार्फत विभिन्न प्रकारका विश्वकप पासहरू सार्वजनिक गरेको छ । दर्शकहरूले आफ्नो आवश्यकता अनुसार मोबाइल, ट्याब्लेट, ल्यापटप वा टेलिभिजनमा खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन् ।
डिगो एपमार्फत उपलब्ध विकल्पमध्ये मोबाइल पास रु. ५४९ मा उपलब्ध छ, जसबाट मोबाइल वा ट्याब्लेटमा विश्वकप हेर्न सकिन्छ । एउटै खाताबाट दुवै उपकरणमा लगइन गर्न सकिने भए पनि एकै पटकमा एक उपकरणमा मात्र स्ट्रिमिङ गर्न सकिने व्यवस्था छ ।
त्यस्तै, रु. ९९९ को सिजन पासमार्फत दर्शकहरूले मोबाइल, ट्याब्लेट, ल्यापटप तथा एन्ड्रोइड टिभीमा दुईवटा उपकरणमा एकैसाथ खेल हेर्न सक्ने सुविधा पाउनेछन् ।
टेलिभिजनमार्फत ठूलो स्क्रिनमा विश्वकपको अनुभव लिन चाहने दर्शकका लागि डिशहोमले रु. ९९९ को टिभी सिजन पास उपलब्ध गराएको छ, जसबाट डीटीएच एचडी सेट–टप बक्स तथा आईपी टिभीमार्फत फुल एचडी गुणस्तरमा सम्पूर्ण खेलहरू प्रत्यक्ष हेर्न सकिनेछ । यसका लागि सक्रिय नियमित सदस्यता अनिवार्य रहने कम्पनीले जनाएको छ ।
डिशहोमले स्पष्ट पारेअनुसार डिगो सिजन पास र टिभी सिजन पास अलग–अलग सेवाहरू हुन् । डिगो सिजन पासले डीटीएच वा आईपी टिभीमा काम गर्दैन भने टेलिभिजन सिजन पासले मोबाइल एपमा पहुँच दिँदैन ।
यदि कुनै प्रयोगकर्ताले घरमा टेलिभिजन र बाहिर मोबाइल दुवैमा विश्वकप हेर्न चाहन्छ भने दुवै पास छुट्टाछुट्टै खरिद गर्नुपर्ने व्यवस्था रहेको छ ।
डिशहोमका अनुसार पासहरू खल्ती, ई–सेवा, कनेक्ट आईपीएस, ग्लोबल आइएमई मोबाइल बैंकिङलगायत डिजिटल माध्यम तथा आधिकारिक डिलरमार्फत सहज रूपमा खरिद गर्न सकिन्छ । खरिदपछि सेवा तत्काल सक्रिय हुने कम्पनीले जनाएको छ ।
यस सुविधासँगै नेपाली फुटबल समर्थकहरूले विश्वकपका कुनै पनि महत्वपूर्ण खेल छुटाउने अवस्था नहुने डिशहोमले विश्वास व्यक्त गरेको छ ।
निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि