काठमाडौं । धितोपत्र बजारमा सोमबार नेप्से परिसूचक घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२.२६ अङ्कले घटेर २ हजार ७११.७६ विन्दुमा पुगेको छ।
त्यसैगरी, ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९६ अङ्कले घटेर ४६६.१३ विन्दुमा सीमित भएको छ।
कारोबार भएका कुल कम्पनीमध्ये ७३ कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ कम्पनीको मूल्य घटेको छ। १२ कम्पनीको मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ।
सो दिन कुल ३५० कम्पनीका १ करोड ७ लाख ३९ हजार ९९८ कित्ता शेयर ४ अर्ब ४१ करोड २० लाख ४८ हजार ६०९ रुपैयाँ बराबरमा खरिद–बिक्री भएको छ।
कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ। त्यसपछि एनबीबीएल डिबेञ्चर, लक्ष्मी सनराइज बैंक, एसवाई प्यानल नेपाल र रिलायन्स स्पिनिङ मिल्स शीर्ष पाँचमा परेका छन्।
लाभांश तथा मूल्य वृद्धिका आधारमा सोपान फार्मास्युटिकल्स, अपोलो हाइड्रोपावर, सयपत्री हाइड्रोपावर, एसवाई प्यानल नेपाल र डोल्टी पावरका लगानीकर्ता लाभमा रहेका छन्।
यता, ग्रीन डेभलपमेन्ट बैंक, रावा इनर्जी डेभलपमेन्ट, सेन्ट्रल फाइनान्स, नेपाल पुनर्बीमा कम्पनी र नेपाल फाइनान्सका लगानीकर्ताले भने घाटा व्यहोरेका छन्।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि