काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा पूर्वाधार तथा विकास निर्माणतर्फको पुँजीगत खर्च लक्ष्यको ३२.५३ प्रतिशत मात्रै भएको छ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार यस अवधिमा सरकारले पुँजीगततर्फ कुल १ खर्ब ३२ अर्ब ६६ करोड ७७ लाख रुपैयाँ खर्च गरेको छ। यो चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको कुल ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँको ३२.५३ प्रतिशत हो।
चालु आर्थिक वर्ष सकिन एक महिना मात्रै बाँकी रहँदा पनि पुँजीगत खर्च अपेक्षित रूपमा बढ्न नसकेको देखिएको छ, जसले विकास निर्माणका कार्यक्रम कार्यान्वयनमा ढिलाइ भएको संकेत गर्छ।
त्यस्तै, चालु खर्चतर्फ सरकारले ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखेकोमा ११ महिनामा ७६.९१ प्रतिशत खर्च भइसकेको छ।
वित्तीय व्यवस्थापनतर्फ भने वार्षिक लक्ष्य ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख रुपैयाँ रहेकोमा हालसम्म ३ खर्ब ५ अर्ब ७१ करोड ८१ लाख रुपैयाँ खर्च भइसकेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।
समग्रमा चालु खर्चको तुलनामा पुँजीगत खर्च निकै सुस्त देखिएको छ, जसले सरकारको विकास खर्च कार्यान्वयन क्षमतामाथि प्रश्न उठाएको छ।
निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि