काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले सरकारका पछिल्ला गतिविधि, मन्त्रीहरूका अभिव्यक्ति तथा कार्यशैलीप्रति गम्भीर आपत्ति जनाउनुभएको छ।
सोमबार संसद भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारले विधिको शासन र मानवीय मूल्यलाई उपेक्षा गरेको आरोप लगाउनुभयो।
पूर्वाधार विकासमन्त्रीले सडक निर्माण नगर्ने व्यवसायीलाई लक्षित गर्दै दिएको भनिएको “खुट्टा भाँचिदिने” अभिव्यक्तिको सन्दर्भमा दुलालले यस्तो भाषा गैरकानुनी र अशोभनीय भएको टिप्पणी गर्नुभयो।
प्रधानमन्त्रीले सामाजिक सञ्जालमा दुई जना मन्त्रीसहितको फोटो राख्दै “देश बनाउने टोली” भनी गरेको टिप्पणीप्रति पनि उहाँले आलोचना गर्नुभयो। देश कुनै सीमित व्यक्तिको प्रयासले मात्र नभई सम्पूर्ण मन्त्रिपरिषद्को सामूहिक नेतृत्वमा अघि बढ्ने विषय भएको उहाँको भनाइ थियो। प्रधानमन्त्रीको अभिव्यक्तिलाई गम्भीर विषयमा हल्का रूपमा प्रस्तुत गरिएको भन्दै उहाँले असन्तुष्टि जनाउनुभयो।
अर्थमन्त्रीको सन्दर्भमा बोल्दै प्रमुख सचेतक दुलालले बजेट निर्माण प्रक्रियामा करका दरहरू हेरफेर भएको कुरा अर्थमन्त्रीले घुमाउरो ढंगले स्वीकार गरिसकेको दाबी गर्नुभयो। उहाँले यस्ता गम्भीर विषयमा पहिले छानबिन माग गर्नेहरू अहिले मौन रहेको भन्दै आलोचना पनि गर्नुभयो।
यसैगरी, सीमा क्षेत्रमा देखिएका समस्या तथा सुस्ता लगायतका स्थानमा नागरिकले भोग्नुपरेको कठिनाइप्रति सरकार संवेदनशील हुनुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो। प्रधानमन्त्रीका केही अभिव्यक्तिले सीमा क्षेत्रका नागरिकमा असन्तोष बढाएको र त्यसको दीर्घकालीन असर पर्ने चेतावनीसमेत उहाँले दिनुभयो।
संसदीय अभ्यासबारे टिप्पणी गर्दै दुलालले सत्ता पक्षले प्रतिपक्षका जायज मागलाई बेवास्ता गर्ने प्रवृत्ति गलत रहेको बताउनुभयो।
निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…