काठमाडौं । एसियाली फेन्सिङ च्याम्पियनसिपमा सहभागी हुन १६ खेलाडीसहित १९ सदस्यीय नेपाली टोली आज (मंगलबार) भारतको दिल्ली जाने भएको छ । यही जुन १८ देखि २४ तारिखसम्म हुने प्रतियोगितामा नेपाली खेलाडीले फोयल र इपी स्पर्धामा प्रतिस्पर्धा गर्ने नेपाल फेन्सिङ संघका महासचिव सुजनलाल श्रेष्ठले जानकारी दिनुभयो ।
फोयलको पुरुषमा ज्ञानेन्द्र तिमिल्सिना, अनुप भण्डारी, बुद्धिष्टबहादुर लामा र भुवन मल्लिक तथा महिलामा अनिता अधिकारी, मनीषा श्रेष्ठ, उर्मिला माझी र सोफिया चन्दले प्रतिस्पर्धा गर्नुहुनेछ ।
इपीको पुरुषमा सोयबमान श्रेष्ठ, जंग गिरी, प्रशान्त तामाङ र सुकीराम तामाङ तथा महिला अनिता कार्की, माया चौधरी, पुजनकुमारी कुमाल र कृपा गुरुङले खेल्नुहुनेछ ।
मुख्य प्रशिक्षकमा ओमकार सिंह, प्रशिक्षकमा राजेन्द्र गजुरेल र व्यवस्थापकमा अलिसा अधिकारी हुनुहुन्छ । सातौँ राष्ट्रिय फेन्सिङ प्रतियोगितामा हासिल गरेको उपलब्धिलाई मध्यनजर गरी खेलाडी छनोट गरिएको महासचिव श्रेष्ठले बताउनुभयो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव रामचरित्र मेहतालगायतले बिदाइ गर्नुभएको थियो ।





निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…