काठमाडौं । चालु आर्थिक वर्ष सकिन एक महिनामात्रै बाँकी रहँदा सरकारले पुँजीगततर्फ विनियोजित बजेटको ३२.५३ प्रतिशतमात्रै खर्च गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ का लागि चार खर्ब ७८ अर्ब रुपैयाँ पुँजीगत बजेट विनियोजन गरिएकोमा ११ महिनामा एक खर्ब ३२ अर्ब रुपैयाँमात्रै खर्च भएको छ ।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चालुतर्फ भने सो अवधिमा भने ११ खर्ब ८० अर्ब रुपैयाँ विनियोजन गरिएकोमा ७६.९१ प्रतिशत अर्थात् नौ खर्ब आठ अर्ब रुपैयाँ खर्च भइसकेको छ । वित्तीय व्यवस्थातर्फ सबैभन्दा बढी ८१.४७ प्रतिशत खर्च भएको छ । उक्त शीर्षकमा तीन खर्ब ७५ अर्ब रुपैयाँ विनियोजन गरिएकोमा तीन खर्ब पाँच अर्ब रुपैयाँ खर्च भएको हो ।
चालु आर्थिक वर्षको ११ महिनामा खर्चसँगै सरकारको आम्दानीको अवस्था पनि कमजोर देखिएको छ । जेठसम्म लक्ष्यको ७३.०६ प्रतिशतमात्रै राजस्व संकलन भएको छ । असारसम्म १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएकोमा हालसम्म १० खर्ब ८१ अर्ब रुपैयाँमात्रै संकलन भएको छ ।
अर्को महत्त्वपूर्ण स्रोत वैदेशिक अनुदान पनि खस्किएको छ । सरकारले ५३ अर्ब ४४ करोड रुपैयाँ बराबरको अनुदान प्राप्त हुने अनुमान गरेकामा हालसम्म २२ अर्ब ८८ करोड रुपैयाँमात्रै प्राप्त भएको हो ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि