काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि गठित कार्यदलले पेश गर्ने सुझावका आधारमा पार्टीलाई अघि बढाइने बताउनुभएको छ।
पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी सम्हाल्नुभएका निरज आचार्यलाई स्वागत गर्दै महासचिव पोखरेलले कार्यदलको प्रतिवेदनले पार्टीलाई थप एकताबद्ध, व्यवस्थित र सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
यस अवसरमा प्रचार विभागका पूर्वप्रमुख राजेन्द्र गौतमले आचार्यलाई विभागीय कार्यभार हस्तान्तरण गर्नुभएको थियो।
नवनियुक्त विभाग प्रमुख आचार्यले पार्टीको नीति, विचार र गतिविधिलाई प्रभावकारी रूपमा जनतामाझ पुर्याउने गरी वस्तुनिष्ठ र जिम्मेवार ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…