काठमाडौं । लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयर प्रालि (प्राविधिक सेवा प्रदायक (टिएसपी) बीच नेपालका साना तथा मझौला उद्यम(एसएमई)लाई डिजिटल माध्यमबाट सहज कर्जा सुविधा उपलब्ध गराउन सम्झौता भएको छ । सम्झौताअनुसार नेपाल राष्ट्र बैंकको डिजिटल लेन्डिङ मार्गदर्शनअनुसार लक्ष्मी सनराइज बैंकका एसएमई ग्राहकले छिट्टै डिजिटल प्रक्रियामार्फत् कर्जाका लागि आवेदन दिन तथा स्वीकृति प्राप्त गर्न सक्नेछन् ।
उक्त सुविधाको लाभ लिन उद्यमहरूले आफ्नो व्यवसायमा इन्टरप्राइज रिसोर्स प्लानिङ (इआरपी) प्रणाली प्रयोग गरेको हुनुपर्नेछ । आइएमएस सफ्टवेयरमा आबद्ध तथा आवश्यक मापदण्ड पूरा गरेका व्यवसाय उक्त योजनाका लागि योग्य हुनेछन् । सहकार्यअन्तर्गत आइएमएस सफ्टवेयरले प्राविधिक सेवा प्रदायकका रूपमा डिजिटल लेन्डिङ प्लेटफर्म उपलब्ध गराउनेछ । जसमार्फत् योग्य उद्यमहरूले आफ्नो इआरपी प्रणालीमा उपलब्ध व्यावसायिक तथ्यांकका आधारमा डिजिटल माध्यमबाट कर्जा आवेदन तथा प्रक्रिया पूरा गर्न सक्नेछन् ।
बैंकका अनुसार उक्त पहलले एसएमई क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्न सहयोग पुर्याउनुका साथै व्यवसायलाई डिजिटल प्रणाली अपनाउन प्रोत्साहित गर्नेछ । लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयरबीचको सहकार्यमा डेटा आधारित मूल्यांकन प्रणालीमार्फत् कर्जा स्वीकृति प्रक्रिया प्रभावकारी बन्ने भएकाले त्यसले नेपालका साना तथा मझौला उद्यमको दिगो विकासमा समेत महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि