काठमाडौं । गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स २५ औँ वर्षमा प्रवेश गरेको छ । २०५९ जेठ ३० गतेदेखि वित्तीय कारोबार सुरु गरेको कम्पनीले २४औँ वार्षिकोत्सव विभिन्न सामाजिक कार्यक्रमहरू आयोजना गरी मनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले विगत आठ वर्षदेखि ललितपुरको बुंगमतीस्थित अपांग सेवा संघलाई वार्षिकरूपमा खाद्यान्न सामग्री उपलब्ध गराउँदै आएकोमा २४औँ वार्षिकोत्सवको विशेष अवसरमा कम्पनीले सहयोगलाई आगामी वर्ष पनि निरन्तरता दिने गरी सम्झौता नवीकरण गरेको छ ।
साथै वार्षिकोत्सवका अवसरमा कम्पनीले नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवा भृकुटीमण्डपको प्राविधिक सहयोगमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ । त्यसैगरी गुह्येश्वरी डेन्टल मल्टिस्पेशालिटी एण्ड इम्प्ल्यान्ट्स हबको प्राविधिक सहयोगमा सर्वसाधारणका लागि निःशुल्क दन्त परीक्षण तथा परामर्श शिविरसमेत सञ्चालन गरेको छ ।
कम्पनीले हाल देशैभर रहेका आफ्ना २३ शाखा कार्यालय र चार विस्तारित काउन्टर गरी कुल २७ केन्द्रहरूबाट बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि