काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी ३ अल्ट्रा फाइभजी र पी ३ फाइभजी सार्वजनिक गरेको छ । कम्पनीका अनुसार रियलमी पी ३ अल्ट्रा फाइभजीमा डाइमेन्सिटी ८३५० अल्ट्रा चिपसेट समावेश गरिएको छ भने छ हजार एमएएच टाइटन ब्याट्री तथा ८० वाट अल्ट्रा चार्ज प्रविधि उपलब्ध रहेको छ, जसले छिटो र प्रभावकारी चार्जिङ अनुभव प्रदान गर्छ ।
७.३८ मिलिमिटर अल्ट्रा स्लिम डिजाइन तथा ग्लोइङ लुनार डिजाइनमा उपलब्ध उक्त स्मार्टफोनमा आइपी ६९ स्तरको पानी प्रतिरोधी सुविधा रहेको छ । जसमा १.५ के क्वाड-कर्भ्ड एमोलेड डिस्प्ले तथा ओआइएससहितको सोनी ५० मेगापिक्सेल एआई क्यामेरा जडान गरिएको छ । साथै, ६०५० वर्ग मिलिमिटर एरोस्पेस भिसी कुलिङ प्रणाली, १२ जिबी र्याम, २५६ जिबीसम्म स्टोरेज, जिटी बुस्ट, रियलमी युआई ६.०, डुअल स्टेरियो स्पिकर तथा एन्टेना एरे म्याट्रिक्स जस्ता विशेषता समावेश गरिएको छ ।
रियलमी पी ३ अल्ट्रा फाइभजी (१२ जिबी प्लस २५६ जिबी) ६५ हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध हुनेछ । त्यस्तै पी ३ फाइभजीमा स्न्यापड्रागन ६ जेन ४ फाइभजी चिपसेट समावेश गरिएको छ । अधिकतम २६ जिबी र्याम र २५६ जिबी रोम, ५० मेगापिक्सेल कृत्रिम बुद्धिमत्ता क्यामेरा, एआई बुस्ट, जिटी बुस्ट, एन्ड्रोइड १५ मा आधारित रियलमी युआई ६.०, डुअल स्टेरियो स्पिकर तथा एन्टेना एरे म्याट्रिक्स २.० जस्ता सुविधा समावेश गरिएका छन् । रियलमी पी ३ फाइभजी (आठ जिबी प्लस २५६ जिबी)को मूल्य ४४ हजार नौ सय ९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि