काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धक रहेको सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित खुलामुखी योजना ‘सिटिजन्स सदाबहार योजना’ अन्तर्गत लगानीकर्तालाई थप सहज, छिटो तथा प्रविधिमैत्री सेवा प्रदान गर्ने उद्देश्यले अनलाइन दर्ता तथा कारोबार प्रणाली सञ्चालनमा रहेको छ ।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त उक्त योजनामा आबद्ध तथा आबद्ध हुन इच्छुक लगानीकर्ताले अब डिजिटल माध्यमबाट योजनासँग सम्बन्धित विभिन्न सेवा सहजरूपमा प्राप्त गर्न सक्ने बताइएको छ । उक्त प्रणालीले लगानी प्रक्रिया थप सरल, सुरक्षित तथा प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
अनलाइन प्रणालीमार्फत् लगानीकर्ताहरूले योजनाको इकाई खरिदका लागि आवेदन तथा रकम भुक्तानी, व्यवस्थित लगानी योजनामा दर्ता, एसआइपी किस्ता भुक्तानी, लाभांश पुनः लगानी योजनामा आबद्धता, अनलाइन साइनअप तथा लगइन सुविधा पाउन सक्नेछन् । उक्त अनलाइन प्रणालीमार्फत् लगानीकर्ताहरूले ‘चौबिसै घण्टा तथा सातै दिन सेवा’ उपयोग गर्न सक्ने भएकाले कार्यालय समय वा भौगोलिक दूरीको सीमाबिना जहाँसुकैबाट सहजरूपमा योजनासम्बन्धी सेवा प्राप्त गर्न सकिने सिटिजन्स क्यापिटलले जनाएको छ । सिटिजन्स क्यापिटलले डिजिटल वित्तीय सेवाको विस्तार, लगानीकर्ताको पहुँच अभिवृद्धि तथा पुँजी बजारमा सहभागिता बढाउने आफ्नो रणनीतिअनुरूप उक्त प्रणाली सञ्चालनमा ल्याएको जनाएको छ ।
कम्पनीले आगामी दिनमा समेत प्रविधिमार्फत् लगानीकर्तालाई थप नवीन, सहज तथा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । कम्पनीले ‘नेपालको प्रत्येक घरमा व्यवस्थित लगानीको पहुँच’ विस्तार गर्ने लक्ष्यसाथ उक्त योजनाको व्यवस्थित लगानी योजना (सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान-एसआइपी) मार्फत् थप पहुँचयोग्य, पारदर्शी तथा लगानीकर्तामैत्री बनाउँदै लैजाने योजना बनाएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि