काठमाडौं । साहित्यकार ज्ञाननिष्ठ ज्ञवालीद्वारा सम्पादित ‘निर्मला बराल व्यक्ति र कृति’ ग्रन्थ लोकार्पण गरिएको छ । साहित्यकार विजयध्वज थापाको अध्यक्षता तथा साहित्यकार भागिरथी श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा थापा, श्रेष्ठ, सम्पादक ज्ञवाली, गायक लोचन भट्टराई तथा बरालका पुत्रहरू निरज र धीरजले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुभएको थियो ।
कार्यक्रममा डा.सत्यराज थपलियालाई आयोजक सिसारले सम्मानसमेत अर्पण गरेको थियो । कृतिमा साहित्यकार निर्मला बरालको जीवन भोगाइ, संघर्ष र साहित्यिक योगदान समेटिएको छ । बालकथा र लघुकथालगायत विभिन्न विधामा कलम चलाउँदै आउनुभएकी बराल ७२ वर्षको उमेरमा नातिनीसँगै कक्षा १२ उत्तीर्ण गर्नुभएको थियो ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…