काठमाडौं । एपेक नेपालले भारतका चर्चित गजलकार दिलदार देहल्वीको सम्मानमा काठमाडौंमा ‘दिलदार देहल्वी साँझ, नेपाली गजलकारमाझ’ कार्यक्रम आयोजना गरेको छ । कवि, गजलकार तथा गीतकार वसन्त चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा देहल्वीले आफ्ना चर्चित गजलहरू प्रस्तुत गर्नुभएको थियो । प्रमुख अतिथि चौधरीले पनि केही गजल वाचन गर्दै देहल्वीको व्यक्तित्व र सिर्जनाको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा घनेन्द्र ओझा, जय पौडेल, विन्टु केसी, शान्ति शर्मा, रवि प्राञ्जल, धिरेन्द्र महर्षी, रुपक बनवासी, प्रेमप्रमोद ढकाल, करुण थापालगायत गजलकारहरूले गजल प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा देहल्वीलाई दोसल्ला र सम्मानपत्रसहित अभिनन्दन गरिएको थियो भने गजल वाचन गर्ने स्रष्टाहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा एपेक नेपालका कार्यकारी निर्देशक तथा कवि राजेन्द्र शलभले मन्तव्य राख्नुभएको थियो । संस्थाका अध्यक्ष विश्वविमोहन श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण धिरेन्द्र महर्षीले गर्नुभएको थियो ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
ठेक्का प्रक्रियामा अनियमितता : प्रतिस्पर्धीलाई
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम