काठमाडौं । ‘नवौं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता-२०८३’मा निशान्त विक र संगीना थापामगर (प्रतिष्ठान उपत्यका समन्वय समिति (ख) प्रथम हुनुभएको छ । १७ टोलीलाई पछि पार्दै उहाँहरूले शीर्ष स्थान हासिल गर्दै शिल्डसहित तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नुभएको हो ।
प्रतियोगितामा सरोज सिंखडा र जमुना विश्वकर्मा (बागमती प्रदेश क) द्वितीय हुँदै दुई लाख, तथा मानव रावत क्षेत्री र भावना अर्याल (मधेस प्रदेश क) तृतीय भई एक लाख रुपैयाँ प्राप्त गर्नुभयो । राजमान खत्री र शान्ता वली (लुम्बिनी प्रदेश ख)ले सान्त्वना पुरस्कारस्वरूप ५० हजार रुपैयाँ प्राप्त गर्नुभयो ।
तीन दिनसम्म चलेको प्रतियोगितामा उत्कृष्ट गायक, गायिका, नवगायक-गायिका, अनुशासित कलाकार तथा उत्कृष्ट भेषभूषा विधामा समेत विभिन्न कलाकार पुरस्कृत भएका थिए । प्रतिष्ठान नेपालले आयोजना गरेको उक्त प्रतियोगिता नेपाली लोकसंस्कृतिको संरक्षण र नवप्रतिभा प्रोत्साहनका उद्देश्यसहित सम्पन्न भएको हो । प्रतियोगितामा करिब २० हजार दर्शकको उपस्थिति रहेको आयोजकले जनाएको छ ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
ठेक्का प्रक्रियामा अनियमितता : प्रतिस्पर्धीलाई
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम