काठमाडौं । चलचित्र विकास बोर्डले हलमा प्रदर्शनरत चलचित्रहरूको व्यापार सार्वजनिक गरेको छ । हाल देशभरका हलमा प्रदर्शनरत ६ वटा नेपाली चलचित्रमध्ये बक्स अफिसको दौडमा ‘लालीबजार’ स्पष्ट रूपमा अग्रस्थानमा देखिएको छ । चलचित्र विकास बोर्डको पछिल्लो तथ्यांक अनुसार यो चलचित्रले आइतबारसम्म नौ करोड १६ लाख ६५५ रुपैयाँ (ग्रस)कमाइ गर्दै बलियो व्यापारिक पकड कायम राखेको छ ।
गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्रले अघिल्लो आइतबारसम्म आठ करोड ७८ लाख पाँच हजार १९८ रुपैयाँ कमाएको थियो । पछिल्लो सात दिनमै ३७ लाख ९५ हजार ४५७ रुपैयाँ थप कमाइ गर्दै यस चलचित्रले लामो समयसम्म प्रदर्शन भइरहँदा पनि स्थिर व्यापार कायम राख्न सकेको देखिन्छ । यो समयसम्म चलचित्रका तीन लाख ११ हजार ४०३ वटा टिकट बिक्री भएका छन् ।
एकातिर ‘लालीबजार’ले स्पष्ट अग्रता लिइरहँदा अन्य चलचित्रहरूको व्यापार तुलनात्मक रूपमा मध्यमदेखि कमजोर देखिएको छ । लामो समयसम्म प्रदर्शन भइरहेका केही चलचित्रले स्थिर आम्दानी देखाए पनि नयाँ रिलिजहरू अपेक्षित गति लिन नसकेको बक्स अफिस तथ्यांकले देखाएको छ ।
यस्तै, गत जेठ १५ गतेबाट प्रदर्शनमा आएको रोल नं.१ ले पनि राम्रो गति लिएको देखिन्छ । आइतबारसम्म यसको कुल ग्रस कमाइ एक करोड ३५ लाख १५ हजार ९९३ रुपैयाँ पुगेको छ । अघिल्लो सातासम्म ९४ लाख ९१ हजार ६८० रुपैयाँ रहेको कमाइ पछिल्लो सात दिनमा ४० लाख २४ हजार ३१३ रुपैयाँले बढेको हो । यो समयसम्म चलचित्रका ४७ हजार १५१ वटा टिकट बिक्री भएका छन् ।
एकसाथ प्रदर्शनमा आएको चलचित्र ‘मितज्यू’को व्यापार भने पछिल्ला दिनमा सुस्त देखिएको छ । पछिल्लो सात दिनमा मात्र एक लाख ४१ हजार ४८३ रुपैयाँको वृद्धि भएको यो चलचित्रको कुल कमाइ एक करोड ३२ लाख ५३ हजार ३४२ रुपैयाँ पुगेको छ । अघिल्लो आइतबारसम्म एक करोड ३१ लाख ११ हजार ८५९ रुपैयाँ कमाएको यस चलचित्रले आइतबारसम्म ४६ हजार १५४ वटा टिकट बिक्री गरेको छ ।
त्यस्तै चलचित्र ‘काजी’ले अपेक्षाकृत कमजोर प्रदर्शन गरेको छ । पछिल्लो सात दिनमा मात्र नौ हजार ७५ रुपैयाँको वृद्धि भएको यसको कुल ग्रस कमाइ ४४ लाख ४८ हजार ६० रुपैयाँ पुगेको छ । यस चलचित्रको अघिल्लो सातासम्मको कमाइ ४४ लाख ३८ हजार ९८५ रुपैयाँ थियो भने आइतबार रातिसम्म १४ हजार ३२४ वटा टिकट बिक्री भएका छन् ।
यस्तै, चलचित्र ‘लाइफ ड्यामेज’ ले पनि सीमित व्यापार विस्तार गरेको देखिन्छ । पछिल्लो सात दिनमा २६ हजार २७५ रुपैयाँमात्र थप कमाइ गर्दै यो चलचित्रको कुल ग्रस ३४ लाख ६६ हजार २९० रुपैयाँ पुगेको छ । अघिल्लो तथ्यांक अनुसार यसको कमाइ ३४ लाख ४० हजार १५ रुपैयाँ थियो भने हालसम्म ११ हजार ३७१ टिकट बिक्री भएका छन् ।
यस वर्षको सुरुवाती दुई महिनामा सबैभन्दा कमजोर व्यापार गर्ने चलचित्रका रूपमा ‘कुम्भ’ देखिएको छ । यस चलचित्रले हालसम्म एक हजार ६७९ वटा टिकट बिक्री गर्दै तीन लाख ९१ हजार १० रुपैयाँमात्र कमाएको छ । अघिल्लो सातासम्म तीन लाख ३२ हजार ४१० रुपैयाँ रहेको यसको कमाइ पछिल्लो सात दिनमा ५८ हजार ६०० रुपैयाँले बढेको हो ।
समग्रमा हेर्दा, एकातिर ‘लालीबजार’ले स्पष्ट अग्रता लिइरहँदा अन्य चलचित्रहरूको व्यापार तुलनात्मक रूपमा मध्यमदेखि कमजोर देखिएको छ । लामो समयसम्म प्रदर्शन भइरहेका केही चलचित्रले स्थिर आम्दानी देखाए पनि नयाँ रिलिजहरू अपेक्षित गति लिन नसकेको बक्स अफिस तथ्यांकले देखाएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
ठेक्का प्रक्रियामा अनियमितता : प्रतिस्पर्धीलाई
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम