काठमाडौं । हिटाकर्मी गीता अधिकारीलाई ‘सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)’ अवार्ड प्रदान गरिएको छ । आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड)को नवौं संस्करणमा उहाँलाई ‘माटोको सुगन्ध’ गीतबाट उक्त सम्मान प्रदान गरिएको हो ।
सोही गीतका लागि सिक्किमका जीवन शर्माले ‘सर्वोत्कृष्ट संगीतकार’ अवार्ड प्राप्त गर्नुभयो । ‘माटोको सुगन्ध’ गीतले गीत तथा संगीत दुवै विधामा उत्कृष्टता हासिल गर्दै अवार्ड जित्न सफल भएको हो ।
पत्रकार तथा गीतकार अधिकारीका ‘यतै घमाइलो उतै घमाइलो’, ‘बजाउँदै चुरा’, तीजैमा व्रत बसी’, ‘श्वास फेरि’ ‘छम छम नाचौन’, ‘कति सजिलै’ जस्ता गीता श्रोता/दर्शकमाझ लोकप्रिय छन् । उहाँको गीतिसंग्रह ‘भावस्पनदन’ एल्बम सार्वजनिक छ भने ‘मेरा कलमका डोबहरू’ र ‘मैले पढेका ५१ पुस्तक’ पाठकमाझ छन् ।





निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…