भक्तपुर । भक्तपुरस्थित जय शम्भु डेरी उद्योगले चितवनको प्रेमबस्ती दुग्ध उत्पादक सहकारी संस्थासँगको दूध कारोबारको सम्पूर्ण हिसाब दुई वर्षअघि नै रफादफा भइसकेको बताएको छ । भुक्तानी नदिएको भन्दै सहकारीले किसानलाई भ्रमित पार्ने प्रयास गरेको भन्दै डेरी उद्योगले प्रेस विज्ञप्तिमार्फत् भुक्तानी बाँकी नरहेको बताएको हो ।
उद्योगका अध्यक्ष कृष्णगोपाल सैंजूले विज्ञप्ति जारी गर्दै २०८० मंसिर २४ गते दुवै पक्षका तत्कालीन पदाधिकारीबीच हस्ताक्षर गरी हिसाब मिलान गरिएको र त्यसयता करिब ६ महिना प्रत्येक १५ दिनमा बैंकिङ प्रणालीमार्फत् भुक्तानी गरिएको प्रष्ट पार्नुभयो । उद्योग र सहकारीबीचको सम्झौताअनुसार दूधको गुणस्तरका आधारमा मूल्य निर्धारण गरी नियमित हिसाब फर्छ्योट गरिएको र दुई वर्षपछि सहकारीले विवाद सिर्जना गरेको उहाँले बताउनुभयो । ‘सुरुमै १८ लाख रुपैयाँ पेस्की दिएर कारोबार गरेका हौं ।’ उहाँले भन्नुभयो, ‘सम्झौताबमोजिम एक रुपैयाँ पनि भुक्तानी बाँकी छैन ।’
सहकारीमा नेतृत्व परिवर्तन भएपछि अध्यक्ष आनन्द निउरेले उद्योगविरुद्ध भुक्तानी नदिएको आरोप लगाइएको, व्यक्तिगत मानहानी गरिएको र सामाजिक सञ्जालमार्फत् भ्रम फैलाइएको उद्योगको आरोप छ ।
जिल्ला प्रशासन कार्यालय चितवनमा गत बिहीबार भएको छलफलका क्रममा भुक्तानी बाँकी नरहेको प्रमाण देखाउँदा सहायक सिडिओ, डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहाल र दुग्ध उत्पादक सहकारी संघका चितवन जिल्ला अध्यक्ष किशोर बगालेकै अगाडि निउरेले प्रमाण च्यातेर दुर्व्यवहर गरेको जय शम्भु डेरी उद्योगका सञ्चालक विष्णुभक्त सिन्तकलाले बताउनुभयो ।
उद्योगले आफ्ना प्रमाण नष्ट गर्ने प्रयास गरिएको र सञ्चालकविरुद्ध सामाजिक सञ्जालमार्फत् मानहानी गरिएकोप्रति आपत्ति जनाएको छ । दुग्ध उत्पादक र डेरी उद्योग एकअर्काका परिपूरक भएका भन्दै उद्योगले सहकारीलाई कानुनमा विश्वास गर्न तथा दुग्ध किसान र आमनागरिकलाई भ्रममा नपार्न आग्रह गरेको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर