काठमाडाैं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले वर्तमान सरकारको मुख्य उद्देश्य सूचना प्रविधिको क्षेत्रको विकास गर्ने रहेको बताउनुभएको छ ।
बिहीवार प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले उक्त कुरा बताउनुभएको हो । मन्त्री पुनले एआई, आइटीको विकासमा बढि भन्दा बढी जोड दिएर त्यसलाई उपयोगमा ल्याउने कुरालाई प्रधानमन्त्री बालेन्द्र साहले पनि जोड दिएको उल्लेख गर्नु भयो ।
उहाँले अनुसन्धान, रिसर्च, इनोभेशन भन्ने कुरा कागजमा लेखेर पेपरमा पबलिष्ट गर्ने विषयमात्रै नभएकाले सरकारले त्यसको उपयोगमा जोड दिने नीति लिएको पनि स्पष्ट पार्नुभयो ।
मन्त्री पुनले भन्नुभयो, अहिलेको सरकारको मुख्य उद्देश्य अव यही छ-एआई, आईटीलाई कसरी बढी भन्दा बढि गरेर यसलाई अगाडि भन्ने छ सरकारको । त्यसैले प्रधानमन्त्रीज्युले यो आइटी सम्बन्धि सबै जिम्मेवार चाँही पहिला सञ्चार मन्त्रालयका थियो । अहिले त्यहाँबाट तानेर आफू मातहतमा राख्नु भएको छ । र, यो उहाँले मात्रै गर्ने होइन, हामी सबैले मिलेर गर्नुपर्ने हो । यो उहाँले राख्नु भएको कुरा यसमा पनि छ । अर्को उहाँले नवप्रवर्तन भएर कुनै कुरा निस्कन्छ भने त्यो चिज उद्योगहरुले उपभोग गर्न पाउनु पर्छ भन्ने उहाँको माग छ । कसैले नयाँ कुराहरुको आविष्कार गर्यो, नवप्रवर्तन गर्यो भने त्यो कुरा उद्योगहरुले उपयोग गर्न पाउनु पर्यो । गर्ने पनि त्यही नै हो । त्यो अनुसन्धान, रिसर्च, इनोभेशन भन्ने कुरा कागजमा लेखेर पेपरमा पबलिष्ट गरेको मात्रे होइन, त्यसको उपयोग उद्योगहरुले् नै गर्ने हो । त्यसका लागि हामीले जोड दिनु पर्दछ । अहिले त्यो कुरा जोड दिइएको नै छैन । त्यो कुरा उद्योगपतिहरुलाई पनि थाहा छैन ।’
मन्त्री पुनले आइटीको प्रयोग गरेर उद्योगहरुको प्रवर्द्धन हुन्छ भन्नेकुरा उद्योगीहरुलाई पनि थाहा नभएको दाबी समेत गर्नुभयो ।
देशसँग पीरती लगाउँदा सांसद, मन्त्री भएँ
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले देशसँग पीरती लगाउँदा आफू मन्त्री बन्न पुगेको बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकमा आफना मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले उक्त टिप्पणी गर्नुभएको हो ।
सुरुमा गाउँसँग पीरति थियो । त्यो जिल्ला हुँदै देशसँग परिणत भएर आफू सांसद, मन्त्री भएको मन्त्री पुनको भनाई थियो । उहाँले आफू मन्त्री भएपछि जोगी भएको अनुभूति भएको पनि संसदमा सुनाउनु भयो ।
उहाँले भन्नुभयो,‘एउटा गीत छ-मत यस्तो होइन दाई, पीरतीले जोगि बनायो । यो पहिलापहिलातिरको समयमा गाईन्थ्यो यो गीत । अव म पनि त्यस्तो संसद हुने, मन्त्री हुने मान्छे त होइन, तर पीरतीले मलाई सांसद र मन्त्री बनायो । एउटा लामो कहानी छ । पीरती मेरो कसरी कोसँग बसेर म जोगी भए ? भन्ने कुरा आयो क्या । र, मन्त्री भए भन्ने कुरा आयो । मेरो पीरती खासमा देशसँग बसेको हो । तर सुरुमा एकैचोटी देशसँग बसेको होइन । त्यो चाहीँ गाउँसँग बस्यो । म अमेरिकाबाट यसो घुम्न आएको मान्छे त्यहाँ गाउँसँग पीरती बस्यो । गाउँबाट जिल्ला, जिल्लाबाट अरु जिल्ला हुँदै देशसँग पीरति बस्यो । त्यसैले अहिले जोगी भए । पक्का जोगी हो म चाँही । व्यवहारिक रुपमा पनि म जोगी नै हो ।’
मन्त्री पुनले पीरतिले जोगि बनाएको गीतको स्मरण गराउँदै उहाँले आफू व्यवहारिक रुपमा सोही गीतले भनेझै जोगी भएको बताउनु भयो ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर