कालीकोट । जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–९ सुपेचौरस्थित गोरेटो बाटोमा गत जेठ २७ गते साँझ मृत फेला परेका सूर्यबहादुर शाहीको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार पक्राउ पर्नेमा मृतकका छोरा १८ वर्षीय रोशन शाही र श्रीमती ४१ वर्षीया राजकला शाही रहेका छन् । अनुसन्धानका क्रममा उनीहरूले टाउकोमा ढुंगाले प्रहार गरी सूर्यबहादुरको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।
४८ वर्षीय सूर्यबहादुर गत जेठ २७ गते साँझ करिब ८ः३० बजे सान्नीत्रिवेणी गाउँपालिका–९ को सुपेचौरस्थित गोरेटो बाटोमा मृत अवस्थामा फेला परेका थिए । घटनापछि प्रहरीले अनुसन्धान अघि बढाउँदै शंकास्पद व्यक्तिमाथि निगरानी र सोधपुछ गरेको थियो ।
हत्या आरोपमा पक्राउ परेका दुवै जनालाई कालीकोट जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी गणेश ज्ञवालीले बताउनुभयो ।
मृतक शाही सान्नीत्रिवेणी गाउँपालिका वडा नं ४ घर भई हाल वडा नम्बर ९ मुम्रामा बस्दै आएका थिए ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि