‘सोपान’ केही कविहरूको साझा कवितासङ्ग्रह हो । यो कवितासङ्ग्रह २०८० सालमा प्रकाशित भएको हो । यसका सम्पादक माधव बिडारी रहनुभएको छ । स्रष्टालय बुक एण्ड पब्लिकेशनबाट प्रकाशित यो पुस्तकको भाषासम्पादन तिलकप्रसाद लुइँटेलले गर्नुभएको छ । ५०१ प्रति छापिएको पुस्तकको आवरणसज्जा रसिक राजको छ भने लेआउट–सेटिङ हिमाल जिसीले गर्नुभएको छ । पुस्तक डिएमआई साइजमा छापिएको छ । हेर्दा आकर्षक लाग्ने पुस्तकमा पहेँलो हलुका कागजको प्रयोग भएको छ भने छपाइ स्तरीय छ । अशुद्धि कतै-कतै भेटिन्छन् । भूमिकाखण्डमा आठ र पाठ्यखण्डमा १२० गरी १२८ पृष्ठ छन् । पुस्तकको मूल्य १५० राखिएको छ ।
‘सोपान’ जसरी हेर्दा आकर्षक छ यहाँ समावेश गरिएका कविता पनि राम्रा छन् । ‘सोपान’ एउटा नयाँ प्रयोगका रूपमा केही कविहरूका संयुक्त कविता र अतिथि कविहरूलाई समेटेर प्रकाशित भएको कवितासङ्ग्रह हो । यसलाई सार्वजनिक रूपमा ल्याउने माधव बिडारी र प्रकाशक संस्था स्रष्टालय बुक्स एण्ड पब्लिकेशन धन्यवादका पात्र छन् ।
आवरण पृष्ठ हेर्दा निकै आकर्षक लाग्छ । माथि पुस्तकको शीर्षक ‘सोपान’ ठूला अक्षरमा राखिएको छ । उक्त शब्दलाई आकर्षक र कलात्मक ढङ्गले लेखिएको छ । सँगै साना अक्षरमा ‘संयुक्त कवितासङ्ग्रह’ भनिएको छ । तल एउटा घर छ र त्यसमा एकजना मान्छे भर्याङको माध्यमबाट माथि उक्लिँदै गरेको देखाइएको छ । सोपानको अर्थ भर्याङ हो अथवा उन्नतिका पाइला, प्रगति, माथि-माथि उक्लिनु भन्ने अर्थमा बुझिन्छ र पुस्तकको अर्थबोध गराउने गरी शीर्षक चयन गरिएको छ । पृष्ठावरणमा यस सङ्ग्रहमा संलग्न कविहरूको फोटोसहित नाम दिएको छ । जसमा रामचन्द्र दाहाल, गणेश लोहनी, गोपीकृष्ण थापा, दुर्गाकिरण तिवारी, मौनता थापा, माधव बिडारी, कपिल अधिकारी, दिनेश अधिकारी, प्रकाश घायल, मौन आवाज र प्रज्वल अधिकारी रहनुभएको छ । यही पृष्ठमा प्रकाशक संस्था स्रष्टालय बुक्स एण्ड पब्लिकेशन टोखा, काठमाडौंको नामसहित लोगो दिएको छ ।
भूमिकाखण्डमा माधव बिडारी ‘चेतनपथ’को सम्पादकीय छ भने त्यसपछि तिलकप्रसाद लुइँटेलको ‘शुभकामना’ । यसखण्डमा श्रीओम श्रेष्ठ ‘रोदन’को ‘सुखद् सृजनशीलताको शुभेच्छा’ शीर्षकको भूमिका छ । त्यसपछि कविता सूची दिइएको छ । सूची अनुसार रामचन्द्र दाहाल, गणेश लोहनी, गोपीकृष्ण थापा, दुर्गाकिरण तिवारी, मौनता थापा, माधव बिडारी र कपिल अधिकारी यस पुस्तकका कविका रूपमा रहनुभएको छ । कृतिमा केही कविहरूलाई अतिथि कविका रूपमा लिएको छ, जसमा दिनेश अधिकारी, प्रकाश घायल, मौन आवाज र प्रज्वल अधिकारी हुनुहुन्छ । यस सङ्ग्रहमास समावेश भएका सबै कविहरूको सुरुमा फोटोसहित परिचय दिएको छ र त्यसपछि उहाँहरूका कविता प्रस्तुत गरेको छ ।
सुरुमा कवि रामचन्द्र दाहालका कविताहरू दिइएको छ । उहाँका कालो क्लेश, मेलाको कुरा, कुहिरो, पलायन, पल्लो किनाराबाट, गुनासो, उन्मुक्त हत्यारा गरी सातवटा कविता संलग्न भएका छन् । कवि रामचन्द्र दाहाल राम्रा कवि हुनुहुन्छ, उहाँका यी गद्य कविताहरूमा मानव जीवनका निराशा, उत्सुकता, प्रकृति, यथार्थता, पलायनताको कहालीजस्ता भाव सम्प्रेषण भएको पाइन्छ । त्यसपछि कवि गणेशप्रसाद शर्मा लोहनीका कविताहरू समावेश छन् । जसमा हरियो पात, सत्ता, कालो बादल र हाम्रो वर्तमान, युद्ध, चुनाव, इन्द्रेणी, सिँढीहरू छन् । गोपीकृष्ण थापाकोका कविताहरू समावेश भएका छन् जसमा अदृश्य भाव, विलय, बुझ्नै नसकिने सार जिन्दगीको, भँगालो तर्दै, विस्मात मान्छे, मित्रताको मान रहेका छन् ।
लोहनी तथा थापाका कविताहरूमा विविध विषय समावेश भएको पाइन्छ । कुनै निश्चित विषयमा मात्रै उहाँहरूले कविता लेख्नुभएको छैन र लाक्षणिक अर्थबोध गराउने खालका कविता संलग्न छन् । थापाका कवितामा भँगालो हुनुपर्ने ठाउँमा शीर्षकमै भागालो भएको छ । यो मुद्रा राक्षस हुनसक्छ ।
त्यसपछि दुर्गा किरण तिवारीका कविताहरू समावेश गरिएका छन् जसमा अनुभूति, नआऊ कृत्रिम रङ भर्न, के अहम गर्छौ, सद्भावना फुलाउँछन् फूलहरू, व्यर्थको शङ्का, बगर आफ्नो पराइ छुट्याउँदैन, पिपल शीर्षकका कविताहरू छन् । उहाँका कविताले पनि मानव जीवनका भाव प्रस्तुत गरेका छन् । रेणु अधिकारी ‘मौनता’का कविताहरू सङ्गृहीत भएका छन् । जसमा मलाई माफ गर, प्रेमको आँखो, अँध्यारो बस्ती, नारी र एक परी शीर्षकका कविता छन् । कविताहरूले आफ्नो गुनासो, दुःखेसो, अरूप्रतिको व्यङ्ग्य प्रस्तुत गरेका छन् ।
त्यसपछि माधव बिडारी ‘चेतनपथ’का कविता संलग्न छन् । बिडारीका कविताहरूमा भरिया, पोको, सपनाको सम्भोग, आऊँ, धेरै दिनपछि, फाँसी रशक्ति र मरुभूमि शीर्षकका छन् । कवि बिडारीले पनि जीवन बोध गराउने विभिन्न शीर्षकका कविताहरू यस सङ्ग्रहमा संलग्न गरेको पाइन्छ । कपिल अधिकारीका कविताहरूमा बा, आजको कारोबार, आमा र सपना, मलाई एउटा यस्तो इतिहास पढ्न देऊ, समय र हत्यारा शीर्षकका कविताहरू संलग्न भएका छन् ।
अर्को खण्डमा अतिथि कविहरूका कविता समेटिएका छन् । यस्ता अतिथि कविहरूमा दिनेश अधिकारी, प्रकाश घायल, मौन आवाज र प्रज्वल अधिकारी गरी चारजना कविहरू रहनुभएको छ । दिनेश अधिकारी प्रसिद्ध गीतकार तथा कवि हुनुहुन्छ । यस सङ्ग्रहमा उहाँका ‘सिपाही’ शीर्षकको कविता संलग्न छ भने प्रकाश घायलको ‘खोला छेउछाउ’, मौन आवाजको ‘फेरि ईश्वरको हत्या भएछ’ र प्रज्वल अधिकारीको ‘तारागणना’ शीर्षकका कविता सङ्गृहीत गरिएका छन् ।
यसरी ‘सोपान’ जसरी हेर्दा आकर्षक छ यहाँ समावेश गरिएका कविताहरू पनि राम्रा छन् । ‘सोपान’ एउटा नयाँ प्रयोगका रूपमा पनि केही कविहरूका संयुक्त कविता र अतिथि कविहरूलाई समेत समेटेर प्रकाशित भएको कवितासङ्ग्रह हो । यसरी यसलाई सार्वजनिक रूपमा ल्याउने माधव बिडारी र प्रकाशक संस्था स्रष्टालय बुक्स एण्ड पब्लिकेशन धन्यवादका पात्र छन् । पुस्तकका लागि सबै स्रष्टाहरूलाई बधाई छ ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर