ओखलढुंगा । निरन्तर अविरल वर्षाका कारण चिसंखुगढी गाउँपालिकामा बाढी र पहिरोले ठूलो क्षति पुर्याएको छ । खानिखोला र बाङ्गे खोलामा आएको बाढीले पक्की पुल आंशिक रूपमा बगाएको छ भने स्थानीयहरूका गोठ र घरहरूमा क्षति पुगेको छ ।
प्रहरीकाअनुसार, असार ६ गते साँझ ५ बजेपछि परेको भारी वर्षाले खानिखोला जोड्ने चिसंखुगढी गाउँपालिका वडा नं. ३ र ५ को सिमानामा रहेको पक्की पुललाई आंशिक रूपमा बगाएको छ । चिसंखुगढी गाउँपालिका वडा नं. २ बस्ने टिका भुजेलको ढुङ्गा-माटोको गारो र टिनको छानो भएको गोठ पूर्ण रूपमा बगाउँदा गोठमा बाँधेर राखेको एउटा भैसी बेपत्ता भएको छ। सोही वडा बस्ने मन नारायण श्रेष्ठको ढुङ्गा-माटोको गारो र टिनको छानो भएको गोठ बगाउँदा २ वटा गोरु बेपत्ता भएका छन् ।
वडा नं. ३ बस्ने मन बहादुर सार्कीको ढुङ्गा-माटोको गारो र खरको छानो भएको गोठ पूर्ण रूपमा बगाएको छ । उक्त गोठमा भएका ३ वटा गोरु बगाएर बेपत्ता पारेको छ । त्यसैगरी वडा नं. १ बस्ने रामकुमार राईको २ तले ढुङ्गा-माटोको घरको अगाडि भागमा पहिरो गएर आंशिक क्षति भएको छ । परिवार भने आफन्तको घरमा सुरक्षित बसेका छन् । सोही वडाका जनक बहादुर मगरको घरको गारो चर्किएको छ । उनीहरूको परिवार सासु देवी भुजेलको घरमा सुरक्षित बसेका छन् । प्रहरीले मानवीय क्षति भने नभएको जनाएको छ ।
प्रहरी चौकी खानिभञ्ज्याङबाट प्रहरी नायब निरिक्षक खुदु मुर्मुको नेतृत्वमा टोली घटनास्थल गएर आवश्यक सहयोग गरिरहेका छन् ।






भारतले नेपाललाई दैनिक ६५४ मेगावाट
प्रधानमन्त्री राहत कोषमा रु १३
छापा माध्यमको संकट र अनलाइन
रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८
उदितनारायणको परिवारद्वारा विपद् कोषमा पाँच
अस्पतालको गेटमै प्रसूति गराउने बवितालाई