काठमाडौं । हालै सार्वजनिक भएको कक्षा १२ को नतिजामा गुरुकुलतर्फ देवघाटधामस्थित वेदवेदांग संस्कृत विद्यापीठम्का सुधीर चालिसे सर्वोत्कृष्ट हुनुभएको छ । उहाँ ३.९२ जिपिएसहित देशभरका गुरुकुलमध्येबाट सर्वोत्कृष्ट भएको विद्यापीठले जनाएको छ । उक्त विद्यापीठका १८ विद्यार्थीले ए प्लस र १५ जनाले ए ग्रेडसहित कक्षा १२ को परीक्षा उत्तीर्ण गरेका छन् ।
उक्त विद्यापीठ अष्टाङ्गयोगसिद्ध योगी ईश्वरानन्द ब्रह्मचारी (गलेश्वर बाबा)ले वेदवेदांगको रक्षाका लागि २०२३ सालमा स्थापना गर्नुभएको संस्कृत विद्यालय हो । जुन देवघाट क्षेत्रको सबैभन्दा पुरानो संस्कृत विद्यापीठ पनि हो ।
हाल उक्त विद्यापीठ गलेश्वर आश्रमले सञ्चालन गरिरहेको छ । विद्यापीठमा गुरुकुलीय पद्धतिबाट वेद, व्याकरण र संस्कृत वाङ्मयलगायतको पठनपाठन हुन्छ । उक्त विद्यालयमा हाल तीन सय विद्यार्थी अध्ययनरत रहेको बताइएको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर