कैलाली । अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै धनगढी उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा चार दिन बिदा दिने निर्णय गरेको छ ।
उपमहानगरपालिकाको शिक्षा शाखाद्वारा जारी सूचनाअनुसार धनगढीभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूमा असार ९ गतेदेखि १२ गतेसम्म चार दिन अध्ययन-अध्यापन कार्य स्थगित गरी बिदा दिइने भएको हो ।
केही दिनयता बढ्दो गर्मीका कारण विद्यार्थीहरूमा विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने जोखिम बढेकाले वर्षे तथा हिउँदे बिदाबाट मिलान हुने गरी बिदा व्यवस्था गरिएको सूचनामा उल्लेख छ ।
साथै उपमहानगरपालिकाले शिक्षक, विद्यार्थी तथा अभिभावकहरूलाई गर्मी र लुबाट बच्न आवश्यक सावधानी अपनाउन समेत आग्रह गरेको छ । उक्त सूचना शिक्षा अधिकृत जयराज जोशीद्वारा जारी गरिएको हो ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर