काठमाडौं । मात्रिका आँखा केन्द्रले विभिन्न स्थानमा सञ्चालन गरेको निःशुल्क आँखा शिविरमार्फत ३३७ जनाको मोतियाविन्दुको सफल शल्यक्रिया गरेको छ । तीन चरणमा सञ्चालन गरिएको शिविरबाट करिब पाँच हजारभन्दा बढी आँखाका बिरामी लाभान्वित भएका छन् ।
केन्द्रले शिविरमा आँखा परीक्षण, निःशुल्क औषधि वितरण तथा आवश्यक उपचार सेवा उपलब्ध गराएको जनाएको छ ।
साथै, काठमाडौं उपत्यकाबाहिरबाट माग आएमा पनि निःशुल्क आँखा शिविर र औषधि वितरण कार्यक्रम सञ्चालन गर्दै आएको केन्द्ले जनाएको छ । वैशाख २६ र २७ गते सम्पन्न पहिलो चरणको शिविरमा काभ्रेपाल्चोकको नवबुद्ध, सुनाकोठी, साँखु-३ र गोदावरीमा गरी १५४ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको थियो । यसमध्ये नवबुद्धमा ५०, सुनाकोठीमा २७, साँखुमा ४१ र गोदावरीमा ३६ जना लाभान्वित भएका थिए ।
दोस्रो चरणअन्तर्गत जेठ २२ गते काठमाडौं महानगरपालिका-१८ नरदेवी, च्यासल पाटन, भक्तपुर र मैतीदेवीमा सञ्चालित शिविरबाट १०८ जनाको शल्यक्रिया गरिएको थियो । नरदेवीमा ५१, च्यासलमा २९, भक्तपुरमा १५ र मैतीदेवीमा १३ जना लाभान्वित भएका थिए ।
त्यसैगरी, जेठ ३० गते सम्पन्न तेस्रो चरणको शिविरबाट ललितपुर-८ र छम्पी क्षेत्रमा गरी ७५ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार निःशुल्क आँखा शिविर कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ, जसबाट दुर्गम तथा आर्थिक रूपमा कमजोर समुदायका नागरिकले प्रत्यक्ष लाभ पाउने अपेक्षा गरिएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि