काठमाडौं । बौद्धस्थित भाटभटेनी सुपर स्टोर बुधारदेखि पुनः सञ्चालनमा आउने भएको छ । भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार अब स्टोरले दैनिकरूपमा ग्राहकहरूलाई नियमित सेवा प्रदान गर्नेछ । ग्राहकको सुविधालाई उच्च प्राथमिकतामा राख्दै भाटभटेनीले आगामी दिनमा अझ आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै कठिन समयमा साथ, सहयोग र धैर्यताका लागि सम्पूर्ण ग्राहकवर्ग, स्थानीय समुदाय, सुरक्षा निकाय तथा सरोकारवालालाई धन्यवादसमेत व्यक्त गरेको छ । गत वर्षको जेन-जी आन्दोलनका क्रममा बौद्धस्थित भाटभटेनीमा पनि क्षति पुगेको थियो । पुनर्निर्माणपछि सञ्चालनमा आउने भएको हो ।
आन्दोलनका क्रममा भएको आगजनीबाट काठमाडौंसहित देशभर भएका २८ स्टोरमध्ये २१ स्टोरमा क्षति पुगेको थियो । आगजनी र तोडफोडमा भाटभटेनी सुपरस्टोरका २१ वटा स्टोरमा गरी १० अर्ब ८५ करोड ६७ लाख ९८ हजार ८५४ रुपैयाँ बराबरको क्षति भएको हो । २१ मध्ये बालुवाटारस्थित मुख्य स्टोरसहित १२ वटा स्टोर पूर्णरूपमा आगजनी र बाँकी नौवट स्टोरमा आंशिक क्षति पुगेको थियो ।
भाटभटेनीका अनुसार भाटभटेनीका १२ वटा पूर्ण क्षति भएका र आंशिक क्षति भएका नौवटा गरी १९ वटा स्टोरमा चार अर्ब ४० करोड छ लाख ५४ हजार छ सय तीन रुपैयाँ बराबरको क्षति भएको छ भने पाँच अर्ब ९६ करोड तीन लाख ६७ हजार पाँच सय ९६ रुपैयाँ बराबरका सामग्री पूर्णरूपमा जलेका थिए ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर