काठमाडौं । मिस नेपाल आयोजना गर्दै आएको संस्था द हिडन ट्रेजर ले मिस नेपाल २०२६ का अन्तिम २४ प्रतिस्पर्धी सार्वजनिक गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा अन्तिम चरणमा छनोट भएका प्रतिस्पर्धीलाई स्यास तथा प्रतियोगी नम्बर प्रदान गरिएको हो ।
यस वर्षको प्रतियोगितामा विभिन्न पेसा, क्षेत्र र पृष्ठभूमिका युवतीहरू सहभागी भएका छन् । प्रतिस्पर्धीमध्ये डाक्टर, अधिवक्ता, इञ्जिनियर तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई प्रतिनिधित्व गरिसकेका व्यक्तित्वसमेत रहेका छन् ।
प्रतियोगिताको अन्तिम २४ मा ईशा सुवेदी, प्रनिशा खनाल, युक्ता पौडेल, अन्शु कुँवर, संगीता पौडेल, श्रद्धा अधिकारी, कशिश सुब्बा, मानश्वी शर्मा, सुष्मा भण्डारी, प्रतिष्ठा आचार्य, आर्या निशान्त, आयुष्मा केसी खत्री, शितांशु ढकाल, प्रतिमा खड्का, प्रेमा लामगाडे, महिमा पन्त, दीपमाला ढकाल, सिजा श्रेष्ठ, विभूषा बस्नेत, स्वीकृति ज्ञवाली, चाँदनी श्रेष्ठ, श्रीयषी श्रेष्ठ, अर्भिसा थापा र रचना भट्टराई रहनुभएको छ ।
प्रतिस्पर्धीमध्ये दीपमाला ढकाल ‘मिस नेपाल हङकङ इन्टरनेशनल’को उपाधि जितिसक्नु भएको छ भने कशिश सुब्बाले १८ वर्षको उमेरमै अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई प्रतिनिधित्व गरिसक्नु भएको छ । प्रनिशा खनाल पेशाले सिभिल इञ्जिनियर हुनुहुन्छ भने प्रेमा लामगाडेले पनि अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई प्रतिनिधित्व गरिसक्नु भएको छ । रचना भट्टराई र सुष्मा भण्डारी अधिवक्ता हुनुहुन्छ भने शितांशु ढकाल पेशाले डाक्टर हुनुहुन्छ ।
मिस नेपाल २०२६ को ग्रान्ड फिनाले आगामी साउन २३ गते काठमाडौंस्थित द प्लाजामा आयोजना हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् ।







ज्ञान बैंक : युगान्तकारी अभियान
मनसुनी वायुको प्रभाव, देशका केही
यस्तो छ आजका लागि विदेशी
सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११