काठमाडौं । ट्रान्क्युलिटी स्पाले स्पा संघ नेपालको साझेदारी र नेपाल पर्यटन बोर्डको समर्थनमा भैरहवास्थित सिद्धार्थ भिलसामा आरोग्य जनचेतना तथा पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सरकारी अधिकारी, पर्यटन उद्योगका अग्रणी व्यक्तित्व, वेलनेश विशेषज्ञ तथा व्यापारिक समुदायका प्रतिनिधिहरू सहभागी भई लुम्बिनी प्रदेशमा स्वस्थ जीवन र वेलनेश पर्यटन प्रवर्द्धनमा जोड दिएका थिए ।
नेपालमा भइरहेको आरोग्य पर्यटन वर्षको सन्दर्भमा आयोजना गरिएको कार्यक्रमको उद्देश्य लुम्बिनी क्षेत्रमा पर्यटन वृद्धिमा आरोग्य पर्यटनको अपार सम्भावनाबारेमा जनचेतना फैलाउनु थियो । कार्यक्रम उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले स्पा एसोसिएसन नेपालका अध्यक्ष सुरेश पुरी, आयोजक समितिका अध्यक्ष भुवन फैजू, नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, होटल एसोसिएसन नेपालका केन्द्रीय सदस्य तथा सिद्धार्थ होटल एसोसिएसन (सान)का अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्रालय सचिव नारद गैतम, सिद्धार्थ हस्पिटालिटी ग्रुपका संस्थापक अध्यक्ष लक्ष्मण न्यौपाने र आयोजक समितिका सह-अध्यक्ष निशा श्रेष्ठको उपस्थितिमा गर्नुभएको थियो ।
मन्त्री पौडेलले मानव जीवनको केन्द्रीय उद्देश्य खुसीको खोजी भएको उल्लेख गर्दै यात्रा र वेलनेश त्यस खोजीसँग अन्तरनिहित रूपमा जोडिएका बताउनुभयो । उहाँले नेपालको पर्यटनको मुख्य भाग आरोग्य पर्यटनसँग जोडिएको र देशको पर्यटन क्षेत्र यसबिना अधुरो रहेको बताउनुभएको थियो । स्पा एसोसिएसन नेपालका अध्यक्ष सुरेश पुरीले नेपालमा वेलनेश टुरिज्मको सम्भावनाबारेमा विस्तृत जानकारी दिनुभयो ।
उहाँले उपचारभन्दा रोकथाम बढी प्रभावकारी हुने कुरामा जोड दिनुभएको थियो । उहाँले नेपालका स्पा र वेलनेश तालिम संस्थानहरूले हाल सरकारबाट उचित सम्बद्धता (एफीलिएसन) प्राप्त नगरेकोमा गम्भीर चिन्ता पनि व्यक्त गर्नुभएको थियो ।







ज्ञान बैंक : युगान्तकारी अभियान
मनसुनी वायुको प्रभाव, देशका केही
यस्तो छ आजका लागि विदेशी
सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११