आफ्ना अनुभव र अनुभूतिहरू मज्जैले निफन्न सकिने विधा निबन्ध स्वतन्त्र गद्य रचना हो । फ्रान्सेली साहित्यकार मिसेल दिमोन्तन नै निबन्धका प्रथम प्रयोक्ता मानिन्छन् । नेपालमा भने पृथ्वीनारायण शाहको दिव्योपदेशदेखि निबन्धको थालनी भएको मानिन्छ । निबन्ध नेपाली साहित्यको कान्छो विधा मानिन्छ । यही कान्छो विधामा ‘बदनाम बिम्ब’मार्फत कपिल अज्ञात नेपाली निबन्धकारका रूपमा लाइनबद्ध देखिन्छन् । उनको यो निबन्ध कृति पहिलो भने होइन । उनी नेपाली साहित्यको धेरै परिचित अनुहार हुन्, जसका हालसम्म विभिन्न विधाका २७ वटा मौलिक कृतिहरू प्रकाशित भइसकेका छन् । सम्पादनमा समेत उत्तिकै सक्रिय अज्ञात छन् । पचासका दशकपछि लेखिएका निबन्धहरू बदनाम बिम्बहरूमा समावेश गरिएका छन् । यसमा ४० वटा विषयगत विविधताका निबन्धहरू पाइन्छन् ।
मीठासपूर्ण अनुभूतिको लहर लहरिएका निबन्धहरू यहाँ पढ्न सकिन्छ । व्यक्तिगत अनुभूतिमा विचार थपिँदा निबन्ध सुन्दर हुँदोरहेछ भन्ने यी निबन्धहरूले पुष्टि गर्छन् । मनका भावनाहरू कलकल बगाएर तिनमा कल्पना मिसाउँदा निबन्ध रोचक बनेका छन् ।
अनुभूति र भोगाइ बैयक्तिक हुन्छ । अलग थलग हुन्छ । मेरो र तपाईंको नमिल्न सक्छ । अनि कहाँ मिल्छ कपिल अज्ञातको अरूसँग । तर, पनि आमकुरामा भने कहीँ र कतै अरूसँग मिल्छ । यो नै वैयक्तिक जीवनको बास्तविकता हो । यस कृतिभित्र पनि उनका निजात्मक अनुभव, भोगाइ र अनुभूतिहरूले निबन्धहरू सजिएका छन् । मानवीय संवेदनाको गहिराइबाट निबन्ध उब्जिएका छन् । पीडा छन्, दुःख छन् । अनुभवका यावत शृङ्खला छन् । उनका गुनासा पनि छन् । कुण्ठाहरू पनि समेटिएका छन् । यतिमात्र नभएर कुनै पनि विषयमा निबन्धकारका विचार प्रतिबिम्बित गराउने निबन्धहरू पनि यहाँ छन् ।
शिल्प संयोजनका हिसाबले अज्ञातका निबन्धहरू कुनै आख्यानात्मक, व्याख्यात्मक, आत्मकथात्मक, संस्मरणात्मक देखिएका छन् । अनुभवजन्य, व्यङ्ग्यात्मक पनि छन् । आयामका दृष्टिकोणले हेर्दा लघुतर र लघु पाइन्छन् । यति भएर पनि आत्मपरक र निजात्मक शैलीमा आएका यी निबन्धहरू पठनीय छन् । सुन्दर छन् । निबन्धहरू नैतिक उपदेशमा मात्र सीमित छैनन् । विचार प्रधान छन् । आत्मप्रस्तुतिको रूपमा पनि आएका छन् । कसिला विषयहरूको उठानमा आएका पनि छन् । बौद्धिकताको कसीमा घोटिएका निबन्धहरूले पाठकलाई ऊर्जा पनि दिन्छन् । तार्किक भावमा अभिव्यक्त गर्न सिपालु लाग्छन् निबन्धकार ।
लेखक र वातावरण जस्ता निबन्धहरूमा लेखक के हो ? लेखनी केका लागि ? भन्ने प्रश्नसँगै असल लेखक नै आमाको असल सन्तति हुन् भन्ने भाष्यलाई तार्किक रूपमा जोड दिएका छन् । जो मान्छे असल बन्नसक्छ, त्यो नै ठूलो मान्छे हुने कुरामा अज्ञात प्रष्ट देखिन्छन् । उनी जोड्छन्–राजनीतिज्ञ वा शासकभन्दा सच्चा लेखक ठूलो हुन्छ ।
आफ्ना अनुभवहरू प्रतिनिधिमूलक रूपमा सौभाग्य सूचकमा पस्केका निबन्धकारले पुस्तकका अक्षर राम्रा हुँदैमा मोटो गाता वा आकर्षक साज सज्जामा आउँदैमा स्तरीय हुन्छ भन्ने ग्यारेन्टी नभएको अनुभवलाई स्वर्णपत्रका अक्षरमा मज्जैले खिपेका छन् । आफ्नो उपनाम अज्ञात किन राखियो भन्ने कुराको जिज्ञासा पाठकले मेटाउँछ, अज्ञात नै किन ? निबन्धबाट ।
गुनको भारामा जीवनमा परेका दृष्टान्टहरूसहित विभिन्न कृतिकार र तिनका कृतिका चर्चा गर्दा पाएका नमज्जाका पलहरू उजागर गरेका छन् । कृति समीक्षागर्दा पैसा माग्ने वर्तमान समयमा उनी केही कुराको आशा नराखी लेख्छन् भन्ने कुरा पनि यहाँ जानकारी पाइन्छ । यस्तै अनुभव प्रतिक्रियाकै लाइनवन्छ सन्दीप प्रकरण ः अविस्मृत घट्नामा उनले क्रिकेटर सन्दीप लामिछानेसँग सम्बन्धित चर्चित यौन प्रकरणको विषयमा सन्दीपको पक्षमा लागेर लेखेका उनी सत्यको पक्षधर भएको बताउँछन् । आफ्नो पारिवारिक पृष्ठभूमि र दुई पुस्ताबीचको लडाइँ पाठकसामु राखेका छन् । सीमाबाहिर निबन्धमा पारिवारिक यथार्थलाई उजागर गरेका छन् । जहाँ उनी सगोलबाट किन बाहिरिए भन्ने दृष्टान्त पेश गरेका छन् ।
द्वन्द्वको हाँकमा विधिपूर्वक सबै कुरा सञ्चालन हुनुपर्नेतिर लक्षित निबन्ध हो । आफ्नै दृष्टान्त अघि सारेर झुठ, फरेव कुरा नटिक्ने र सत्य नडग्ने उनको तर्क र पुष्ट्याँईं छ । समाजका विभिन्न यथार्थलाई प्रतिबिम्बित गर्दै अपमानको जहर, वैधव्यः एक विडम्बना जस्ता निबन्धहरू सिर्जना भएका छन् । उनी आफ्ना निबन्धहरूमा सार्वजनिक विषयहरूलाई बहसको रूपमा अघि सार्छन्, निन्दाको बहसमार्फत । आलोचनाका विभिन्न सन्दर्भ, तिनका सकारात्मकपक्ष, आलोचनालाई सहज रूपमा लिन नसक्ने हाम्रो परिपाटी आदि कुरा जोड्दै उनले निबन्धकै चर्चा गरेका छन् ।
कपिल अज्ञातका निबन्धहरू भोगाइको आरनमा खारिएर आएका छन् । साँधको शत्रु, स्थान मानको कटुअनुभव जस्ता निबन्ध यसैतिर लक्षित छन् । उनले संस्मरणात्मक निबन्धहरू पनि लेखेका छन् । एक भेटको संस्मरण, म के संस्मरण लेखूँ ? उर्जाप्रदायक स्याङ्जायात्रा आदि निबन्धहरू संस्मरण र यात्राको सन्निकट भएर लेखिएका छन् । निबन्ध बास्तवमै आत्मप्रस्तुति पनि हो । उनले म निपात हुँ जस्ता निबन्धमा मज्जैले आफूलाई प्रस्तुत गरेका छन् । उनी निबन्धहरूमा आफ्ना अनुभव पाठक सामु पुगोस भन्ने चाह राख्छन् । संघर्ष पछिको सन्तोष यस्तै कोटीको निबन्ध हो । बास्तवमै निबन्ध भनेकै आत्म प्रकाशन पनि हो । उनले आफूलाई त्यही कोटिमा उभ्याएका छन् ।
निबन्धकारका मनका भावनाहरू, विचार र धारणाहरू निबन्धमा आउनु स्वभाविक छ । आफ्ना चिन्तन, वैचारिक चेत निबन्धमा मुखरित हुन्छन् नै । निबन्ध स्वतन्त्र गद्य रचना भएकाले आफ्ना दृष्टिकोणहरू त्यहाँ नआउने कुरै हुँदैन् । अज्ञातले बालशिक्षा, रहस्यको जिज्ञासा, भूलको गोता र ऐँजेरु प्रवृत्ति, श्रद्धा कि पाखण्ड, अनलाइन ठगहरू, सीमा सन्दर्भः आयाम र शिक्षाजस्ता निबन्धहरूमार्फत बौद्धिक र हार्दिक पक्षको प्रवल उपस्थिति देखाएका छन् । विचारका हिसाबले पनि तार्किक छन् निबन्धहरू । उनले आफ्नो ज्ञान क्षमतालाई निबन्धमार्फत पाठकसामु बाँडेका छन् । बैचारिक प्रधानतायुक्त निबन्धहरू पठनीय छन् ।
मीठासपूर्ण अनुभूतिको लहर लहरिएका निबन्धहरू यहाँ पढ्न सकिन्छ । व्यक्तिगत अनुभूतिमा विचार थपिँदा निबन्ध सुन्दर हुँदोरहेछ भन्ने यी निबन्धहरूले पुष्टि गर्छन् । मनका भावनाहरू कलकल बगाएर तिनमा कल्पना मिसाउँदा निबन्ध रोचक बनेका छन् ।
निबन्ध लेख्न सजिलो कहाँ छ र । लेखकको अनभूति जोडिएर मीठा निबन्धहरूको सिर्जना भएको छ । बदनाम बिम्बभित्र अनुभूतिजन्य निबन्धहरू–त्यो सुनौलो रात, एक भेटको अनावरण, देशको परिस्थिति सम्झेर, ‘जनमत’ : एक साहित्यिक मिसन आदि सङ्ग्रहभित्र समावेश सुन्दर निबन्ध हुन् । मीठासपूर्ण अनुभूतिको लहर लहरिएका निबन्धहरू यहाँ पढ्न सकिन्छ । व्यक्तिगत अनुभूतिमा विचार थपिँदा निबन्ध सुन्दर हुँदोरहेछ भन्ने यी निबन्धहरूले पुष्टि गर्छन् । मनका भावनाहरू कलकल बगाएर तिनमा कल्पना मिसाउँदा निबन्ध रोचक बनेका छन् ।
कपिल अज्ञात शिक्षक त हुँदै हुन् । अझै उनी समीक्षक र टिप्पणीकार पनि हुन् । यसैले त उनका निबन्धहरूमा समीक्षात्मक र टिप्पणीगत विचार झल्किन्छ । निकुञ्ज दर्शन निबन्ध यतैतिर लक्षित देखिन्छ । उनी कुनैपनि कुरामा टिप्पणी गरिहाल्छन् गहिराइमा पुगेर । वा अझै भनुँ कुनै पनि विषयमा प्रतिक्रिया आइहाल्छ उनको । अन्तिम प्रश्न, श्वेतपत्र, कठघरामा उभिएर जस्ता निबन्धहरू यसै कोटीमा पर्छन् ।
यसरी हेर्दा कपिल निजी अनुभव र अनुभूतिसहित निबन्धमा आफ्नो चिन्तनलाई स्वतन्त्र ढंगले तर कलात्मक रूपमा प्रस्तुतगर्न सिपालु देखिएका छन् । लामो समयदेखि लेखनी कर्ममा आफूलाई समर्पित गरेका उनी आफूमा भएको काव्यात्मक भाषा शैली निर्वाध पोखिएका छन् । निबन्धमा उनको एक प्रकारको स्थान बनिसकेको छ । चिन्तनले खारिएका, भोगाइले पर्गेलेका, अध्यापन र अन्य अनुभवले माझिएका निबन्धहरू पठनीय छन् । यसले समकालीन निबन्ध लेखनीमा उनलाई पनि लाइनमै उभ्याएको छ ।
एउटै प्रकारका निबन्धहरूसङ्ग्रहित गरेर प्रकाशन गरेको भए सुनमा सुगन्ध हुनेथियो । उनले आफैंले स्वीकारोक्ति जनाएझैं भिन्न–भिन्न परिस्थिति र परिवेशका निबन्धहरू सबै एकनास हुने कुरै भएन । र, पनि, कला, विचार, भाव, दृष्टिकोण, अनुभव र अनुभूति सबै सबै मिसाइएका निबन्धहरू पठनीय छन् । अन्त्यमा, प्रा.कपिल अज्ञातलाई बधाई दिँदै आफ्ना आगामी प्रकाशनमा अझ बढी स्तरीय निबन्धहरू पाठकले पढ्न पाउनभन्ने शुभकामना ।





समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर