काठमाडौं । ग्लोबल आइएमई बैंकले मुलुकमा उद्यमशीलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई उद्यमशाला कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । विश्व लघु, साना तथा मझौला व्यवसाय दिवस २०२६ का अवसरमा आयोजित कार्यक्रममार्फत् उद्यमशाला कार्यक्रमको घोषणा गर्दै बैंकले इन्क्युबेसन कार्यक्रमका लागि देशभरका उद्यमी तथा नवप्रवर्तनको सोच भएका व्यक्तिहरूबाट आवेदन आह्वान गरेको छ । बैंकका अनुसार उद्यमशाला कार्यक्रमको मुख्य उद्देश्य नवप्रवर्तन सोच भएका व्यक्तिहरूलाई सफल उद्यमी बन्न प्रेरित गर्नुका साथै सञ्चालनमा रहेका लघु, साना तथा मझौला व्यवसायमा आबद्ध व्यवसायलाई दिगो र प्रतिष्ठित व्यवसाय बनाउन आवश्यक सैद्धान्तिक एवं व्यावहारिक ज्ञान, सीप तथा परामर्श प्रदान गर्नु हो ।
बैंकको प्रधान कार्यालय काठमाडौंको कमलादीमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले उद्यमशाला कार्यक्रमको विधिवत् घोषणा गर्दै कार्यक्रमका लागि आवेदन खुला भएको घोषणा गर्नुभयो । उहाँले भन्नुभयो, ‘लघु, साना तथा मझौला व्यवसायीहरूले भोग्नुपर्ने साझा चुनौती सम्बोधन गर्न बैंकले यो प्लेटफर्म तयार गरेको हो । सम्बन्धित क्षेत्रका विषयविज्ञ, अनुभवी व्यवसायी तथा प्रशिक्षकमार्फत् सहभागीहरूलाई व्यावहारिक ज्ञान र समस्या समाधानका उपायहरू प्रदान गरिनेछ ।’ उद्यमशाला कार्यक्रमअन्तर्गत बैंकले मुख्यतया दुईवटा ढाँचामा सहयोग गर्ने जनाएको छ । पहिलो इन्क्युबेसन र दोस्रो एक्सिलेरेसन । बैंकका अनुसार इन्क्युबेसन कार्यक्रम नयाँ र नवप्रवर्तनकारी व्यावसायिक सोच भएका तर उद्यमशीलताको यात्रा कसरी सुरु गर्ने भन्ने अन्योलमा रहेका युवालाई लक्षित गरी सञ्चालन गरिनेछ । जसअन्तर्गत उनीहरूको क्षमता अभिवृद्धि, व्यवसायको सञ्जाल विस्तार र मार्गनिर्देशन प्रदान गरिनेछ । त्यसैगरी, एक्सिलेरेसन कार्यक्रमअन्तर्गत हाल सञ्चालनमा रहेका तर व्यवसाय विस्तार वा स्तरोन्नतिमा कठिनाइ भोगिरहेका उद्यमी समेटिनेछ ।
जसअन्तर्गत क्षमता विकास, आधुनिक प्रविधि प्रयोग, बजारीकरण र सरोकारवाला निकायहरूसँगको पहुँचमा सहजीकरण गरिनेछ ।
कार्यक्रममार्फत् सहभागीहरूले व्यवसाय दर्ता, कर तथा कानुनी प्रक्रिया, बजार अध्ययन, उत्पादन प्रक्रिया, वित्तीय व्यवस्थापन र बैंक तथा वित्तीय संस्थासँगको पहुँचजस्ता महत्त्वपूर्ण विषयमा गहन व्यावहारिक ज्ञान प्राप्त गर्ने बैंकले विश्वास लिएको छ । कार्यक्रम उद्घाटन समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत, उच्चपदस्थ व्यवस्थापकहरू, साझेदार संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।







भाद्र शुक्ल तृतीया : विधिपूर्वक
हरितालिका तीजमा पशुपतिनाथसहित शिवालयमा श्रद्धालुको
विद्यार्थी, शिक्षक तथा अभिभावको सुझावका
बर्दियामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको
नेपालभन्दा बाहिर गएर प्रतियोगिता जित्नु
विपद्को पीडाबीच आएको तीज, भक्तजन