काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मध्यपूर्वमा देखिएको द्वन्द्वको अवस्था सहज बन्दै गएकाले डिजेल, पेट्रोललगायत पेट्रोलियम पदार्थको मूल्य आगामी दिनमा घट्ने बताउनुभएको छ।
आइतवार प्रतिनिधि सभाको बैठकमा आर्थिक विधेयक, २०८३ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटिसकेको भए पनि नेपालले भारतीय आयल निगममार्फत इन्धन आयात गर्ने प्रक्रियाका कारण त्यसको प्रभाव देखिन केही समय लाग्ने बताउनुभयो।
उहाँले आम उपभोक्तामाथि परेको मूल्यवृद्धिको भार कम गर्न आफू अर्थमन्त्री भएको दुई साताभित्रै डिजेल, पेट्रोल र मट्टितेलको पैठारीमा लाग्ने भन्सार महसुल तथा डिजेल र पेट्रोलमा लाग्ने पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिइएको उल्लेख गर्नुभयो।
अन्तर्राष्ट्रिय बजारमा मूल्य घटिसकेकाले त्यसको प्रभाव क्रमशः नेपालमा पनि पर्ने र केही समयपछि पेट्रोलियम पदार्थको मूल्य घट्ने अवस्था रहेको अर्थमन्त्री वाग्लेले स्पष्ट पार्नुभयो।
अर्थमन्त्री वाग्लेले आफूले अर्थमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै पेट्रोलियम पदार्थको मूल्य घटाउन आवश्यक पहल गरेको दाबी पनि गर्नुभयो।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि