अर्जुन प्रधान । नेपाली उद्यमी भूषण गौलीको नेतृत्वमा विकसित वेब-आधारित बायोमेट्रिक सफ्टवेयर अमेरिकाका विभिन्न राज्यहरूमा प्रयोगमा आएको छ । फिंगरप्रिन्टिङ उद्योग लक्षित उक्त प्रणालीले अन्तर्राष्ट्रिय स्तरका प्राविधिक र सुरक्षा मापदण्ड पूरा गरेको कम्पनीले जनाएको छ ।
सफ्टवेयरले फिंगरप्रिन्ट स्क्यानर, प्रमाणित प्रिन्टर लगायतका उपकरणसँग एकीकृत भई बायोमेट्रिक डेटा सुरक्षित रूपमा प्रशोधन गर्ने क्षमता राख्छ । अमेरिकी सरकारी निकायसँग काम गर्ने संस्थाहरूलाई लक्षित गरी विकास गरिएको यस प्रणालीले आवश्यक प्रमाणीकरण प्रक्रिया पार गरिसकेको जानकारी गराएका छन् ।
कम्पनीका अनुसार आप्रवासन कानुन व्यवसायी, फिंगरप्रिन्टिङ सेवा प्रदायक, मोबाइल सेवा सञ्चालक तथा अन्य व्यवसायहरूले प्रणाली प्रयोग गरिरहेका छन् । हालसम्म अमेरिकाभरि दर्जनौं स्थानमा यसको स्थापना भइसकेको छ ।
गौलीले यो परियोजनाको अवधारणा आफ्नै व्यवसाय सञ्चालनका क्रममा आएको बताउनुभयो । ‘अन्य कम्पनीका प्रणालीमा निर्भर हुनुको सट्टा आफ्नै समाधान विकास गर्ने सोचले काम सुरु गर्यौ उहाँले भन्नुभयो । विकास प्रक्रियामा नेपाली प्राविधिकहरूको उल्लेखनीय सहभागिता रहेको छ ।
अमेरिकी बजारमा स्थापित अन्तर्राष्ट्रिय कम्पनीहरूसँग प्रतिस्पर्धा गर्दै नेपाली नेतृत्वको टोलीले स्थान बनाउनु महत्वपूर्ण उपलब्धि मानिएको छ ।
गौलीले यसअघि नेपालमै स्मार्ट कार्ड र फिंगरप्रिन्टमा आधारित सामाजिक सुरक्षा वितरण प्रणाली विकास गर्नुभएको थियो । उक्त अनुभवले हालको परियोजनामा आधार प्रदान गरेको उहाँले बताउनुभयो ।
यस सफलताले नेपाली प्राविधिक र उद्यमीहरू अन्तर्राष्ट्रिय बजारका लागि प्रतिस्पर्धी डिजिटल उत्पादन निर्माण गर्न सक्षम रहेको सन्देश दिएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि