काठमाडौं । सडकपेटीमा आश्रित दृष्टिविहीन नागरिकहरूले आफ्ना विभिन्न माग राख्दै काठमाडौंको माइतीघर मण्डलामा लगातार नौ दिनदेखि प्रदर्शन जारी राखेका छन् ।
काठमाडौं महानगरपालिकाले सडकपेटी, मठमन्दिर तथा सार्वजनिक चोकहरूमा जीवनयापनका लागि काम गर्न नदिएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
प्रदर्शनमा सहभागीहरूले नगरप्रहरीबाट दमन हुने, दिनभर होल्डिङ सेन्टरमा राखिने तथा विशेषगरी महिलामाथि अभद्र व्यवहार हुने गरेको आरोप लगाएका छन् ।
उनीहरूले दृष्टिविहीन नागरिकलाई सडकपेटीमा मर्यादित रूपमा काम गरेर जीविकोपार्जन गर्न दिनुपर्ने, योग्यता र क्षमताअनुसार रोजगारीको व्यवस्था गर्नुपर्ने तथा आफ्नो सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकार र काठमाडौं महानगरपालिकासँग माग गरेका छन् ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर