काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) र तुषाल मल्टिभेन्युबीच ग्राहक, कर्मचारी, डिलर तथा सेवा साझेदारलाई विशेष जीवनशैली, फिटनेस र स्वास्थ्यसम्बन्धी सुविधा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ।
डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रमअन्तर्गत सुरु गरिएको यस सहकार्यले ग्राहकको जीवनशैलीलाई थप समृद्ध बनाउनुका साथै देशभर स्वास्थ्य तथा वेलनेससम्बन्धी विशेष सुविधा उपलब्ध गराउने लक्ष्य लिएको कम्पनीले जनाएको छ।
सम्झौताअनुसार डिशहोमका कर्मचारी, आधिकारिक डिलर, सेवा साझेदार तथा ग्राहकले तुषाल मल्टिभेन्युमा विभिन्न सेवामा विशेष छुट पाउनेछन्। यसअन्तर्गत साउना, स्टीम र जाकुजी सेवामा ५० प्रतिशत, नयाँ जिम सदस्यतामा २० प्रतिशत, चयनित वेलनेस तथा मनोरञ्जन सेवामा १५ प्रतिशत तथा खाना तथा पेय पदार्थ सेवामा १० प्रतिशत छुट उपलब्ध हुनेछ।
छुट प्राप्त गर्न ग्राहकले माइडिशहोम एप डाउनलोड गरी दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक परिचय नम्बरमार्फत लगइन गर्नुपर्नेछ। त्यसपछि एपको गृहपृष्ठ वा प्रोफाइलमा रहेको भर्चुअल प्रिभिलेज कार्ड खोलेर ट्रान्क्विलिटी स्पाका शाखामा देखाएपछि सम्बन्धित छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
समझदारीपत्रमा तुषाल मल्टिभेन्युका सूचना प्रविधि प्रमुख राजकुमार श्रेष्ठ र डिशहोमका वरिष्ठ कर्पोरेट आतिथ्य लेखा अधिकृत देवराज श्रेष्ठले हस्ताक्षर गरेका हुन्।
डिशहोमका अनुसार भर्चुअल प्रिभिलेज कार्ड ग्राहक सन्तुष्टि अभिवृद्धि र गुणस्तरीय जीवनशैली प्रवर्द्धन गर्ने कम्पनीको दीर्घकालीन योजनाअन्तर्गत सञ्चालन गरिएको कार्यक्रम हो। यसमार्फत कम्पनीले भोजन, आतिथ्य, यात्रा, स्वास्थ्य, मनोरञ्जन तथा खुद्रा क्षेत्रका विभिन्न साझेदारसँग सहकार्य गरी आफ्ना ग्राहकलाई विशेष छुट, सुविधा र प्रिमियम सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।
कम्पनीले आगामी दिनमा साझेदार सञ्जाललाई थप विस्तार गर्दै ग्राहकका लागि अझ बढी विशेषाधिकार र जीवनशैलीसम्बन्धी सुविधाहरू उपलब्ध गराउने योजना रहेको जनाएको छ।
दुवै संस्थाले यस सहकार्यले ग्राहक अनुभवलाई थप प्रभावकारी बनाउनुका साथै आपसी लाभ र दीर्घकालीन रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर