इर्ष्येनाङरी कटाबी तोंछौ महिने बेत्थे मरी
जनकपुरको आरआर क्याम्पसमा भएका बेला एक दिन ईश्वरजी र म पेठियामा तरकारी किन्न गएका थियौं । त्यसबेला एउटा इर्ष्यालाग्दो घटना देखेका थियौं । त्यहीँ नजिकै घर भएका एकजना मित्रका घरमा पसेर एकछिन् बसेका बेला चियागफ चल्दाचल्दै यो उखान ती साथीले भनेका थिए र मैले अर्थ सोध्दा ‘करैलाजी ! एकर अर्थ ईश्वरजी वतादेथुन’ भनेर मित्रले हामीलाई बिदा गरेका थिए । रहँदाबस्दा मैले पछि ‘नेपाली र मैथिली भाषामा प्रचलित उखानको अध्ययन तथा विश्लेषण’ शीर्षकमा प्राडा.चूडामणि बन्धुका निर्देशकत्वमा विद्यावारिधि गरेको थिएँ । मेरो यो शोधप्रबन्धलाई साझा प्रकाशनले छापेको थियो । आज यो कुरो म किन कोट्याउँदै छु भने नेपालमा पहिले प्रजापरिषद् नामक जेठो राजनीतिक दल खुलेथ्यो ।
त्यसले विसं १९९७ मा चारजना शहीद बनाएर धेरैपछि घिटिकघिटिक भएर त्यो पार्टी इतिहासका अँध्यारा गर्तमा हरायो । त्यसपछि खुलेको दल हो नेपाली कांग्रेस । यसका मन्त्री प्रेमकुमार आङ्दम्बेका सहयोगी (बलराम प्याकुरेल, मजिष्ट्रेट भएर अनि डा.तुलसी गिरि, विश्वबन्धु थापा मिलेर) यसलाई मास्न राणा, राजा, अवसरवादी कांग्रेस, माओवादी नामका छद्मभेषी कम्युनिष्ट, एमाले नामको अवसर अनुसार लिंग बदल्ने सीप भएको वामदल, दरबारले उठाएको खम्पा, दरबारको रछ्यान चटुवा पञ्चलगायत को लागेनन् ? तर पनि आजसम्म आफ्नै कारणले उकालीओराली गर्दै यो नेपाली राजनीतिमा अनुहार देखिने गरी उभिएकै छ ।
अहिले जोदाहा निक्लेको राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाली कांग्रेसको इतिहासलाई आदर्शको धरोहर बनाएर आफू दोस्रो आदर्श चचुरो बन्ने प्रयास नगरे पनि नेपाली ताकछोपुवा मतको महत्त्व नबुझेका मतदाताले तिनलाई त्यहाँ पुर्याइदिएका छन् । २०१५ सालमा कांग्रेसको दुईतिहाइ पुगेको थियो । यिनको दुई सिट कम छ प्रतिनिधिसभामा भने राष्ट्रियसभा लगभग रित्तो छ ।
यसको देखासेखी गरेर यसलाई सिध्याउन गोरखा परिषद्, खुकुरी दल, तराई कांग्रेस, तमलोपा, मधेसी जनअधिकार फोरम आदि अनेकौं घरपरिवार दल, क्षेत्रीय दल, जातीय दल, गोत्रीय दल हुँदाहुँदै अहिले जनताले दिएको नाम खराने दल उनले राखेको रास्वपा दलसम्म पनि कांग्रेसको कछाड खुस्काउन दिलोज्यानले लाग्दा पनि कांग्रेस नन्दी डुक्रेझैँ डुक्रन छाडेको छैन । सत्तामा बसेर घ्यू मलिँदा खाएर घ्याम्पे पेट बनाएका, हजुरबाले घ्यू खाएका भरमा हात सुँघाउँदै हिँड्ने र बेतबसेका नेताले नवयुवकको रिस गर्नु सासूले आफैंले जन्माएर हुर्काएका छोराले बिहा गरेर ल्याएकी बुहारीलाई नसहेजस्तो गरी अहिले महाराजगञ्जको चुनदेवी स्थानतिर वृद्धाश्रम खोल्न लागेका छन् रे । ठीकै छ, घर छोराबुहारी, नातिनातिनाकै हो ।
तिनले सम्मान नगरेपछि हजुर्बा-हजुरआमा वृद्धाश्रममा नगए कता जाऊन् त ? भोलि यी पनि त वृद्धाश्रम जाने दिन आउला नि कसो ? अघिकाले र अहिलेका दुबैले कांग्रेस बुझेनन् । यिनले जे देखे भोगे त्योमात्र कांग्रेस होइन । कांग्रेस त पृथ्वी हो उब्जाउँछ, दिन्छ लिन खोज्दैन, कांग्रेस आकाश हो जसका छहारीमा ज्ञानेन्द्र, बालेन्द्र, रवि, सिके, राजेन्द्र, उपेन्द्रजस्ता सबै आनन्दले अटाउँछन् । गगन त्यो छहारी दिने गरी अघि बढ होइन भने तिमी पनि ‘चार दिनकी चाँदनी फिर अन्धेरी राति’ बन्नेछौ ।
आकाशमा थुके मुखभरि छिटा
अहिले जोदाहा निक्लेको राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाली कांग्रेसको इतिहासलाई आदर्शको धरोहर बनाएर आफू दोस्रो आदर्श चचुरो बन्ने प्रयास नगरे पनि नेपाली ताकछोपुवा मतको महत्त्व नबुझेका मतदाताले तिनलाई त्यहाँ पुर्याइदिएका छन् । २०१५ सालमा कांग्रेसको दुईतिहाइ पुगेको थियो । यिनको दुई सिट कम छ प्रतिनिधिसभामा भने राष्ट्रियसभा लगभग रित्तो छ । प्रदेश पनि त्यस्तै भएको हुनाले र पहिलो महाधिवेशनदेखि नै सय वर्ष पुराना दलमा देखिने ङारङारङुरङुर देखापरेको र प्रम र दलनायकका बीचमा भुसको आगो भित्रभित्रै पुत्पुताउन लाग्नाले एकातिर पार्टीलाई राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमै विश्वासको संकटका झोक्काले हानेर कहाँ पुर्याउने हो ?
यसो भन्ने अवस्था छ भने हिजो कांग्रेस, एमाले, सद्भावना, तमलोपा, मधेसी जनअधिकार फोरम आदिको दब्दबाका बेला जन्मेर देशमा गठबन्धन गरेर या नगरी लुटेका पैसा लेखान, पढ्न, देशविदेश जान, घुम्न देख्न पाएर आज ट्याइफ्याइँ गर्ने थुप्रा छन् सस्मित पोखरेल, समीक्षा बाँस्कोटा, भरतमेहन अधिकारीकी छोरी, बालेन साह, जसले ३०/३५ वर्षदेखि लुट्ने पुराना दल भनेर मुख बाउन थाल्दै बाबुआमा हजुरबा हजुरआमा, सासूससुरा, स्वास्नी, सालाजेठान, दाजु आदिका मुखमा यिनका मुखबाट निक्लेका थुकका छिटा परेका छन् ‘कुपुत्रो जायेत क्वचिदपिकुकुलं नभवति ...’ भनेर हाम्रा पूर्वजले यसै भनेका होइनन् ।
आज मन्त्री र संसदीय समितिको पद पाएकाको मात्रै होइन आफूलाई निरपेक्ष एक्का ठान्ने बालेनका बा पनि कुनै दिन सिंहदरबार वैद्यखानाका प्रमुख थिए र यिनका हजुरबा पनि दरबारका गिदंगे थिए भन्ने हेक्का राखेनन् यिनले भने अनर्थ गर्न पुग्ने छन् । गल्लीमा हिँड्ने एउटा जातले जैविक धर्मका सबै कुरा र आचरण गर्छ तापनि उसको वंश न पुर्खा न त पारिवारिक कौटम्बिक सम्बन्ध बन्धु नै रहन्छन् । त्यस्तै भइने पो हो कि भनेर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र मन्त्री प्रधानमन्त्रीलगायत देशैभरिका कार्यकर्ता सचेत बन्न सकेनन् भने अरूलाई थुकेको थुकका छिटा आफ्नै मुखमा र अरूलाई खनेका खाल्डामा आफैं पर्नेमात्र होइन सुरसाको मुख बाएर आएको प्रचण्डपथ सिद्धिए झैँ सिद्धिन सक्छन् ।
देशका संरचना भत्काएर, जनता मारेर आएको माओवाद र देश जलाएर देशको मुटु र कलेजो फोक्सो डढाएर बाँकी रहेको खरानीका राशमा उम्रेका उरन्ठेउला बच्काना केटाकेटीका चिन्तनले विश्वका कुन कुन देश बनेका छन् ? सोचौं, हेरौं, गमौं अनिमात्र बोल्ने गरौं है मित्रमण्डली हो । पुराना दलका नेताकार्यकर्ताको योगदान हेर्ने गरौं । पाएको भागमा मात्र रमाएर अन्धो बन्दा इतिहासै कलंकित नबनोस् ।
मानलदानल खसलखधा, निखाल परिसल बैसल सभा
जसलाई साराले विश्वास गरेका थिए त्यो खाल्डामा पर्यो, जसलाई कसैले भुसुनु बराबर गनेको थिएन त्यो सभापति भयो भन्ने यो मैथिली भाषाको उखानले नेपाली राजनीतिको समग्र इतिहासको छायाँछविको चित्र देखाएको छ । भातखान बस्दासमेत भूपतये स्वाहा भनेर संस्कारलाई संस्कृतीकरण गरिएको राजसंस्थाले बाटो बिराएरको हुनाले इतिहासमा बिलायो । २००७ सालदेखि नेपाली जनताले अगाध आस्था राखेर विश्वास गरेको राजनीतिक पार्टी थियो नेपाली कांग्रेस यसले बीपीमार्ग त्यागेर कहिले उग्रवामपन्थी त कहिले मत्थर वामको वैशाखी बन्दै आएको गठबन्धनका कारणले चुनाव जितेर सत्तामा हालिमुहाली गरे पनि जनताका मनबाट हराउँदै गएका कारणले कहिले अल्पमतका उग्रलाई कहिले मनमतिका अल्पमत वामलाई सत्तामा पुर्याएर भए पनि देश भागबण्डामा चलाउने, राष्ट्रिय अर्थतन्त्रका स्रोतलाई नै तीन दलका चक्रमा घुमाउने पद्धतिको विकासले आज कांग्रेस थंथिलो भएको छ ।
आकशका जूनतार झारेर तिम्रा पोल्टामा हालिदिन्छु भन्ने अल्हड प्रेमीले आफ्नी प्रेमिकालाई भनेर घरमा ल्याएपछि उसका मागले र घुर्कीले दिउँसै तिरिमिरी झ्याइँ भोग्नुपरेको अवस्था अहिले बालेन, रवि र डिपी अर्यालले भोग्नुपरेको दशा दिनहुँ नेपालका विद्युतीय सञ्चारसंयन्त्रले प्रशारण गर्न लागेका छन् । हिजो लट्ठिएर विवेक र मर्यादा गुमाएर आफ्नै हठमा बस्ने, यी फुच्चे केटा भनेर मैले वचन दिएको छु ।
अब पनि अप्राकृतिक वैचारिक गठबन्धनमा कोही लाग्ने धृष्टता गर्दछ भने नेपाली जनताका लागि दुर्भाग्य मान्नैपर्छ । अति भोक लाग्दा पनि भाँडाबाटै खान या थालै क्वाप्ल्याक्क खान नसकिएजस्तै राज्यका या घरका पनि काम गर्न समय लाग्छ, प्रक्रिया मिलाउनुपर्छ भन्ने कुरो पनि नसोचेर पहिला घर भत्काइयो, अहिले शरणस्थलबाट निकाल्ने कुरो भएको छ । के नौ-दश बिघा जग्गा भएका र १००/१९० तोला सुनले स्वास्नी रंग्याउने क्षमता भएका व्यक्ति लगेर शरणस्थलमा राखेको थियो सरकारले ? र आज महिनाको २५ हजारमा जीविका चल्छ तिनको ? यही हो अन्धेर नगरी चौपट राजा टकासेर भाजी टकासेर खाजा भनेको । सरकार सबैको संरक्षक र अभिभावक हो ।
यसले यो मेरो ऊ तेरो भन्न पाउँदैन । अहिलेको सरकारले सर्वकार हुने प्रयत्नै गर्न सकेन । सबै गर्ने गराउने हुनाले नै यसलाई सरकार भनिएको हो । आज बालेन होलान् भोलि अर्को कोही हुनसक्छ । हिजो अर्कै थियो । बालेनजी छोरी बोकेर हिँडेको देखियो सौराहमा । के त्यो बागमती किनारमा बसेका सुकुम्बासीका छोराछोरी तिनलाई आफ्नी छोरी जत्तिकै प्यारा नहोलान् ? तिनको पढाइ लेखाइको व्यवस्था खोइ ? खानपान रहनसहनको व्यवस्था किन नगरेको ? पहिला व्यवस्था गरेर हुकुम्बासीलाई दण्डित गर्ने र सुकुम्बासीलाई मायाममताको व्यवहार गर्दा सरकारको के जान्थ्यो ?
यत्ति पनि तरिका मिलाउन नसक्ने गिदीदारले डुक्रन मिल्छ ? हिजोका अन्धा भएर आफ्नै नेप्पो बेबीका लागि धन, सुखसुविधाका अवसर जुटाउन लागे भन्नेको आजको व्यवहार के भयो ? जनताले नहेरेका होलान् ? कि तिनको प्रश्न गर्ने जिब्रो काट्ने बारौं शताब्दीका तानाशाहले झैँ । बालेनजी ? विवेक ब्युँझाउनुस् । मर्यादितलाई मर्यादा दिएर सम्मानित र मर्यादित हुन सिक्नुस् । सबै जनता र्यापे फ्यान छैनन् । अघोरको मात्र होइन अति भएका दिन घोरको पनि उपासना गर्नेछन् जनताले ।
किन चाउरिस मरिच ? आफ्नै रागले
अब बिस्तारै आकशका जूनतार झारेर तिम्रा पोल्टामा हालिदिन्छु भन्ने अल्हड प्रेमीले आफ्नी प्रेमिकालाई भनेर घरमा ल्याएपछि उसका मागले र घुर्कीले दिउँसै तिरिमिरी झ्याइँ भोग्नुपरेको अवस्था अहिले बालेन, रवि र डिपी अर्यालले भोग्नुपरेको दशा दिनहुँ नेपालका विद्युतीय सञ्चारसंयन्त्रले प्रशारण गर्न लागेका छन् । हिजो लट्ठिएर विवेक र मर्यादा गुमाएर आफ्नै हठमा बस्ने, यी फुच्चे केटा भनेर मैले वचन दिएको छु । समर्थन फिर्ता गर्न मिल्दैन भन्ने सत्यवादी हरिश्चन्द्रका सन्तानले पनि आज विदेशको शरण लिनुपरेको त देखेका छन् नि । मबाहेक अर्को को ? भनेर कुर्लने तर आफ्नै लँगौटी खुस्केको चाल नपाउने दम्भमानका दम्भ पनि त पाहा पछारिए झैँ पछारिए नि उदेति अरूणस्ताम्रः ताम्रमेवास्तमेतिच वा सूर्य उदाउँदा पनि रातो हुन्छ र अस्ताउन लाग्दा पनि रातै हुन्छ ।
यी दलहरू भनेका त्यस्तै हुन् । बालेन रवि ! तिमीहरू पनि दल बनाओ । अन्यथा रूखमा बाँधेर न मुड्कीले हानेर केही गरे पनि व्यक्तिले देश बनाउन सक्दैन । हुटिट्याउँले सगर थेगेको जस्तो अभिनय गरे पनि साँच्चिकै आकाश थेग्न सक्छ र हुटिट्याउँले ? महेन्द्र हुटिट्याउँ बने भ्रम पालेर नै जान पाएनन् । बीपीमा यो दम्भ थिएन उनले सत्ता गुमाउनु परे पनि मानव मनको सत्ता शाश्वत् रूपमा जितेर गए । बाँकी कांग्रेस तिमीहरू जस्तै लोभी, आसे, मेरा हजुरबाले घ्यू खाएका थिए नपत्याए मेरो हात सुँघ भनेर जनताको दृष्टि आफूतिर तान्न खोज्ने चाटुकार, जादूगर जस्ता थिए । अतः आज तोरीका फूल देखिराखेका छन् । अहोरात्र तोरीका फूल देख्ने काम तिमीहरू पनि नगर, चेतना छ भने ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर