काठमाडौं । नागरिकता उपलब्ध गराउन, सीमा सुरक्षा सुदृढ गर्न तथा सुस्तावासीका आधारभूत अधिकार सुनिश्चित गर्न माग गर्दै नवलपरासी (पश्चिम) को सुस्ताका बासिन्दाले काठमाडौंको माइतीघर मण्डलामा दोस्रो दिन पनि विरोध प्रदर्शन गरेका छन्।
सुस्ता बचाउ अभियानको आयोजनामा भइरहेको प्रदर्शनमा सहभागीहरूले नागरिकता प्राप्तिमा देखिएको जटिलता अन्त्य गर्न, भारतीय सीमाबाट अतिक्रमण रोक्न तथा राज्यले सुस्ताको अस्तित्व र सार्वभौमिकताको संरक्षण गर्नुपर्ने माग गरेका छन्।
प्रदर्शनकारीहरूले आफूहरू बसोबास गर्दै आएको सुस्ताको माटोसमेत माइतीघरमा ल्याई प्रतीकात्मक रूपमा प्रदर्शन गरेका छन्। उनीहरूले सुस्ताको माटो प्रदर्शन गर्दै आफ्नो भूमि, पहिचान र नागरिक अधिकारको रक्षा गर्न राज्यको ध्यानाकर्षण गराएका हुन्।
प्रदर्शनमा सहभागीहरूले “नागरिकता हाम्रो अधिकार हो”, “सुस्ताको सीमा सुरक्षित गर”, “सुस्तावासीलाई न्याय देऊ” लगायतका नारासहित सरकारलाई तत्काल समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका छन्।
सुस्तावासीका अनुसार नागरिकता अभावका कारण शिक्षा, स्वास्थ्य, रोजगारी, बैंकिङ सेवा तथा अन्य सरकारी सुविधाबाट समेत उनीहरू वञ्चित हुँदै आएका छन्। सीमा विवाद र प्रशासनिक जटिलताका कारण दशकौँदेखि आफूहरूले विभिन्न समस्या भोग्दै आएको उनीहरूको गुनासो छ।















निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि