काठमाडौं । गर्मीयाममा सबैभन्दा रुचाइने फलमध्ये आँप अग्रस्थानमा पर्छ। स्वाद र पोषणका कारण यसलाई ‘फलको राजा’ पनि भनिन्छ। तर, केही मानिसमा आँप खाएपछि अनुहारमा साना दाना वा पिम्पल देखिने समस्या पनि हुने गरेको पाइन्छ। यसकै कारण कतिपयले मनपर्ने फल भए पनि आँप खान हिच्किचाउँछन्।
छाला विशेषज्ञहरूका अनुसार सबै व्यक्तिको शरीर र छालाको प्रतिक्रिया एउटै हुँदैन। धेरैले धेरै मात्रामा आँप खाँदा पनि कुनै समस्या नदेखिन सक्छ भने केहीमा थोरै खाँदा पनि छालामा असर देखापर्न सक्छ। यदि आँप खाएपछि बारम्बार पिम्पल आउने समस्या छ भने यी पाँच सुझाव उपयोगी हुन सक्छन्।
१. आँपको मात्रा सीमित राख्नुहोस्
यदि आँप खाएपछि छालामा समस्या देखिने गरेको छ भने एकैपटक धेरै आँप नखानु राम्रो हुन्छ। विशेषज्ञहरूका अनुसार एकपटकमा दुईवटा भन्दा बढी आँप नखानु उपयुक्त मानिन्छ। समस्या बढ्दै गएको महसुस भए मात्रा अझै घटाउन सकिन्छ।
२. सही समयमा आँप खानुहोस्
बिहान वा दिउँसो आँप खानु शरीरका लागि बढी लाभदायक मानिन्छ। यस समयमा शरीरको मेटाबोलिज्म सक्रिय हुने भएकाले प्राकृतिक चिनी सजिलै प्रशोधन हुन्छ। रातिको समयमा आँप खाने बानी भने सकेसम्म टार्न सुझाव दिइएको छ।
३. प्रोटिन र फाइबरसँगै सेवन गर्नुहोस्
आँपमा प्राकृतिक चिनीको मात्रा बढी हुने भएकाले यसले रगतमा चिनीको स्तर छिट्टै बढाउन सक्छ। यसले केही व्यक्तिमा छालामा तेलको उत्पादन बढाएर पिम्पल निम्त्याउन सक्छ। त्यसैले आँपसँगै अङ्कुरित गेडागुडी, सलाद वा अन्य प्रोटिन तथा फाइबरयुक्त खानेकुरा खाँदा यसको प्रभाव कम हुन सक्छ।
४. आँपको जात पनि महत्त्वपूर्ण हुन्छ
सबै आँपको पोषण गुण एउटै हुँदैन। केही जातमा फाइबर बढी हुन्छ भने केहीमा मिठास बढी हुन्छ। फाइबर बढी भएका आँपले रगतमा चिनीको मात्रा सन्तुलित राख्न सहयोग गर्ने भएकाले छालामा पर्ने असर पनि कम हुन सक्ने विशेषज्ञहरूको भनाइ छ।
५. काँचो आँप विकल्प बन्न सक्छ
पाकेको आँपले समस्या गर्ने व्यक्तिका लागि काँचो आँप राम्रो विकल्प हुन सक्छ। काँचो आँपमा चिनीको मात्रा तुलनात्मक रूपमा कम हुने भएकाले केही व्यक्तिमा यसको सेवनले पिम्पलको जोखिम घटाउन सक्छ। काँचो आँपलाई चटनी वा अचारका रूपमा पनि खान सकिन्छ।
यद्यपि, आँप र पिम्पलबीचको सम्बन्ध सबैमा समान हुँदैन। यदि आँप खाएपछि पटक–पटक छालामा समस्या देखिने गरेको छ भने छाला विशेषज्ञसँग परामर्श गरेर आफ्नो शरीरअनुसारको आहार योजना अपनाउनु उपयुक्त हुन्छ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि