काठमाडौं । नेकपा (एमाले)की राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले सरकारले वित्तीय अनुशासन कायम नहुने गरी बजेट विनियोजन गरेको आरोप लगाउनुभएको छ।
शुक्रबार राष्ट्रिय सभामा विभिन्न मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले बजेटमा साना–साना आयोजनामा व्यापक रूपमा रकम छुट्याइएकाले वित्तीय अनुशासनको अभाव देखिएको बताउनुभयो।
सांसद झाँक्रीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रको संरचनागत रूपान्तरण गर्ने लक्ष्य प्रस्तुत गरे पनि त्यसअनुसारको बजेट र कार्यक्रम आउन नसकेको टिप्पणी गर्नुभयो।
उहाँले भन्नुभयो, “अर्थतन्त्रको स्वरूप परिवर्तन गर्ने भनिएको छ। तर त्यो कसरी परिवर्तन हुन्छ भन्ने आधार बजेटमा देखिँदैन। साना–साना कार्यक्रमहरूमा बजेट विनियोजन गरिएको छ, जसले वित्तीय अनुशासन कायम हुने अवस्था देखिँदैन। बजेटमा पुरानै सोच र कार्यक्रम दोहोरिएका छन्। यसले मुलुकलाई समृद्धितर्फ कसरी लैजान्छ भन्ने स्पष्ट छैन।”
उहाँले प्रस्तुत बजेटले जनताको समृद्धिको आकांक्षा सम्बोधन गर्न नसकेको जिकिर गर्दै उत्पादन, रोजगारी र आर्थिक रूपान्तरणलाई केन्द्रमा राखेर बजेट कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी