बैतडी । बैतडीमा शुक्रबार यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। धनगढीबाट बैतडीतर्फ जाँदै गरेको सुप्रप्र ०१–००१ ख ३९६३ नम्बरको बस दिउँसो करिब ३ः३० बजे पाटन नगरपालिका–८ गैराखानमा दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक भुवन तिमिल्सेनाका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरूको उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ भने उनीहरूको परिचय खुल्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार कार्य सम्पन्न गरिएको थियो। दुर्घटनाग्रस्त बस सडकबाट करिब १०० मिटर तल खसेको बताइएको छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर