काठमाडौं । आगामी साउन १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘गौँथली’ को ट्रेलर सार्वजनिक गरिएको छ । तीन मिनेट २० सेकेण्ड लामो ट्रेलरले चलचित्रको कथावस्तु, प्रमुख पात्र र केन्द्रीय द्वन्द्वलाई उजागर गरेको छ ।
सार्वजनिक ट्रेलरका आधारमा चलचित्र सामाजिक तथा पारिवारिक कथावस्तुमा आधारित रहेको देखिन्छ । ट्रेलरले शिक्षा हासिल गर्ने सपना बोकेकी एक किशोरीको संघर्षलाई केन्द्रमा राखेको छ । मुख्य पात्रको भूमिकामा रहेकी सिम्रन खड्काले पढ्ने तीव्र इच्छा हुँदाहुँदै पारिवारिक दबाबका कारण कम उमेरमै विवाह गर्न बाध्य हुने किशोरीको चरित्र निर्वाह गर्नुभएको छ ।
चलचित्रमा अभिनेता अरुण क्षेत्री अटिजम भएका युवकको भूमिकामा देखिनुभएको छ । ट्रेलरले शिक्षा, बालविवाह, पारिवारिक दबाब र सामाजिक यथार्थलाई भावनात्मक ढंगले प्रस्तुत गर्ने संकेत गरेको छ ।
डा.कपिल रिजालको निर्देशन रहेको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना, राजेन्द्र नेपालीलगायत कलाकारको अभिनय छ ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता सरला रिजाल हुनुहुन्छ । निर्माता सुमन गिरी र कपिल रिजाल रहनुएभको भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताका रूपमा रहनुभएको छ ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि